२०८२ फाल्गुन ५ गते
×

Now Playing

विपद् जोखिम न्यूनिकरण गर्न : नगरमा स्वयंसेवक ब्युरो गठन

जुम्लाको चन्दननाथ नगरपालिकाले विपद् जोखिम न्यूनिकरण गर्न स्वयंसेवक ब्युरो गठन गरेको छ । स्वयंसेवक ब्युरोमा ४० जना युवायुवतीहरु समेटिएका छन् । पछिल्लो समयमा विपद्का घटना बढ्न थालेपछि सचेतना फैलाउनेदेखि खोज, उद्धारका कार्यमा परिचालन हुने गरेर स्वयंसेवक ब्युरो गठन गरिएको विपद् शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपानेले बताए । उनका अनुसार ब्युरोअर्न्तगत ७ वटा कार्यदल बनाइएको छ । […]

विपद्का घटना बढेपछि मुख्यमन्त्री कडेलले गरे प्रदेशका १० वटै जिल्लाका सुरक्षासंग छलफल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले प्रदेशका १० वटै जिल्लाका सुरक्षा प्रमुखसँग जुम बैठक गरेका छन् । वर्षातको कारण दैनिक विपद्का घटना बढन थालेपछि मुख्यमन्त्री कडेलले जिल्लाको बस्तुस्थिति जानकारी लिन र विपद् न्यूनिकरणमा प्रदेश सरकारको तर्फवाट गर्नुपर्ने कामहरुको बारेमा आवश्यक परामर्श लिन उक्त बैठकको आयोजना गरेका हुन् । बैठकलाई संवोधन गर्दे मुख्यमन्त्री कडेलले विपद् जोखिमको हिसाबले […]

मनसुनी विपद्मा २५ बालबालिकाको मृत्यु

मनसुन भित्रिएयता प्राकृतिक विपद्का घटनामा २५ बालबालिकाको ज्यान गएको छ । अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी देशभर बुधबारसम्म २५ बालकालिकाको ज्यान गएको नेपाल प्रहरीले जनाएको छ । त्यस्तै, १९ बालबालिका घाइते भएका छन् । अहिलेसम्म विपद्का घटनामा अहिलेसम्म ८३ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता दानबहादुर कार्कीले बताए । यो अवधिमा बाढी र […]

बाढीले ४१ पुल बगायो, १० करोड बढीको क्षति

अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन् भने १० करोडभन्दा बढीको क्षति भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ७८ जनाको मृत्यु भएको हो । जेठ २८ देखि मंगलवार विहानसम्म बाढीपहिरो परेर ९० जना घाइते […]

तथ्यमा आधारित भई विपद् पूर्वतयारीका योजना बनाउनुपर्नेमा जोड

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव कोमलप्रसाद धमलाले दीर्घकालीन विकास र मानव सुरक्षाका लागि तथ्य र वास्तविकतामा आधारित भई विपद् पूर्वतयारीका योजना बनाउनुपर्नेमा जोड दिए । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा बुधवार संयुक्तरुपमा आयोजित ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य र आगलागीजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी प्रदेशस्तरीय […]

विपद्को उच्च जोखिममा कर्णाली, प्रतिकार्यको तयारीमा सरकार

जलवायु परिवर्तनसँग सम्बन्धित विपद्का कारण देशका अन्य प्रदेशभन्दा कर्णाली सङ्कटासन्न अवस्थामा रहेको छ । गृह मन्त्रालयको तथ्याङ्कमा कर्णालीका दश जिल्लामध्ये कालीकोट, दैलेख र सुर्खेत विपद्को उच्च जोखिममा रहेको देखाइएको छ । कालीकोट पहिरो, दैलेख बाढी, पहिरो र सुर्खेत बाढीको उच्च जोखिममा छन् । सबैभन्दा कम जोखिममा डोल्पा रहेको देखाइएको छ, भने जाजरकोट, रुकुमपश्चिम र सल्यान […]

विपद् पूर्वतयारीमा जुट्यो तातोपानी गाउँपालिका

जुम्लाको तातोपानी गाउँपालिकाले मनसुन भित्रिनु भन्दा पहिलेनै विपद् बाट नागरिक बचाउने र राहत उद्धारको कामलाई चुस्त बनाउने तयारी थालेको छ । जुम्लाका आठ पालिका मध्ये विपद् व्यवस्थापन तथा पूर्वतयारीमा तातोपानी सक्रिय देखिएको छ । यसले पनि विपदबाट नागरिक जोगाउन पालिका गम्भीर छ भन्ने पुष्टि गर्छ । भित्रिएको मनसुन र त्यसले गर्न सक्ने क्षतिलाई मध्यनजर गर्दै […]

विपद्को पूर्व तयारीमा संधै खेलाँची

१७ कात्तिकको मध्यरात जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु भएर गएको घातक कम्पनमा परी एक सय ५४ जनाले ज्यान गुमाए । उक्त भूकम्प गएको ६ महिना बित्दासमेत प्रभावित नागरिकहरू अस्थायी आवासको बासमा छन् । प्रभावित क्षेत्रमा उद्दार र राहतलाई उच्च प्राथमिकता दिएका संघ तथा प्रदेश सरकारले नागरिकको पुनसर््थापनामा ध्यान नदिँदा जाजरकोट र रुकुम पश्चिममा हजारौँ नागरिक […]