राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता ः २० स्वर्णसहित हिमा गाउँपालिका प्रथम
जुम्लामा राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा हिमा गाउँपालिका प्रथम भएको छ । तातोपानी गाउँपालिका–६ द्वारा हाँकु चौरमा आयोजित १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको हो । सहभागी पालिकामध्य हिमा गाउँपालिकाले सञ्चालित विभिन्न विद्याका खेलमा २० वटा स्वर्ण पदक जितेर प्रथम स्थान हासिल गरेको हो । जसमा हिमाले करातेतर्फ १२ वटा, १५ सय मिटर […]




