शिर झुक्ने गरी नेपाल निजामती सेवा ऐन पारित हुन नदिने

नेपाली काङ्ग्रेसका उपसभापति एवम् पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले निजामती कर्मचारीको शिर झुक्ने गरी नेपाल निजामती सेवा ऐन पारित हुन नदिने बताएका छन् । नेपाल निजामती कर्मचारी यूनियनद्वारा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले संसदमा पुगेको ऐनलाई सबै तहका कर्मचारीको सेवा, सुविधा, वृत्ति विकासको सुनिश्चित हुने गरी मात्रै ऐन पारित हुने बताए । ट्रेड यूनियन अधिकारलाई सुनिश्चित गर्दै […]

प्रचण्डले मतदातालाई धोका दिए : उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतदातालाई धोका दिएको बताएका छन् । आइतवार नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ सुर्खेतको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै उपसभापति खड्काले प्रचण्डले निर्वाचनका बेला जनतासँग गरेका बचन विपरीत गठबन्धन फेर्ने काम गरेको बताए । ‘यसपटक नेपाली कांग्रेसलाई मात्र होइन, निर्वाचनका बेला मतदातालाई दिएको बचनबाट […]

लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको विकल्प छैन: उपप्रधानमन्त्री खड्का

सरकार अर्थतन्त्रमा देखा परेका समस्या समाधान गर्न पूर्ण प्रतिबद्धताका साथ लागिरहेको बताउदै उनले चाँडै अर्थतन्त्र सही ट्रयाकमा आउनेमा विश्वास व्यक्त गरे ।

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई

राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका छन् ।

रक्षामन्त्री खड्काद्वारा ट्राफिक सचेतना सप्ताह अभियानको शुभारम्भ

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, सुर्खेतद्वारा बुधवार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका विच रक्षामन्त्री खड्काले सचेतना सप्ताहको उद्घाटन गरेका हुन् ।