नदै गुफाको संरक्षणसँगै पर्यटन प्रवर्द्धन गरिँदै
जुम्लाको तिला गाउँपालिका–९ स्थित धार्मिक पर्यटकीयस्थलका रुपमा रहेको नदै गुफाको पर्यटन प्रवर्द्धन गरिने भएको छ । पालिकाले गुफालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरी प्रचारप्रसार गर्ने उद्देश्यले संरक्षण र प्रवर्द्धनको पहल थालेको हो । नदैको प्रचारप्रसार, गुफा परिसरमा मन्दिर पुनःनिर्माण तथा संरक्षणका लागि सङ्घीय सरकारबाट प्राप्त सर्शत अनुदानमार्फत ९० लाख बजेट विनियोजन गरिएको वडाध्यक्ष धनबहादुर […]




