बाँकेमा एक सय ४६ जनामा कुष्ठरोग
बाँके जिल्लामा एक सय ४६ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । साइनिङ अस्पताल आइएनएफ बाँकेले आर्थिक वर्ष २०८०/८१ मा एक सय ४६ जना नयाँ कुष्ठरोगी पहिचान गरी उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा रेफर गरिएको जनाएको छ । अस्पताल प्रमुख मंगल थारूले कुष्ठरोगीमध्ये बाँकेका ८४, बर्दियाका २४, भारतका २१, रोल्पाका पाँच, दैलेखका चार र […]




