संस्थागत क्षमता स्वमूल्याङ्कनमा कनकासुन्दरी प्रथम
यहाँका आठ स्थानीय तहमध्ये कनकासुन्दरी गाउँपालिका संस्थागत क्षमता स्वमूल्याङ्कनमा प्रथम भएको छ । सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले भदौ ६ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजाअनुसार कनकासुन्दरी गाउँपालिका जिल्लाको प्रथम स्थान प्राप्त गर्न सफल भएको हो । मन्त्रालयको प्रतिवेदनअनुसार कनकासुन्दरीले उच्चतम ८४ दशमलव पाँच प्रतिशत अङ्क प्राप्त गरी पहिलो […]




