निशुल्क आँखा शिविरमा मोतियाविन्दु भएका ९६ जनाको शल्यक्रिया

सल्यान पश्चिममा सञ्चालित दुईदिने निशुल्क आँखा शिविरबाट ९६ जना मोतिया विन्दु भएका नागरिकको शल्यक्रिया गरिएको छ । शल्यक्रिया पश्चात् पुनः नयाँ संसार देख्न पाएको वडा नं १ घाटगाउँ निवासी पुष्पा सुनारको भनाइ रहेको छ । नगरका ८ वटा स्थानमा शिविर छनौट गरिएको छ । सो शिविरमा ४ सय ७८ जनाले चेकजाँच गरेका थिए भने ९६ […]

‘आँखा शिविर पछि बल्ल आँखा खुल्यो’

जुम्लाको पातारासी गाउँपालिका –७ रिनी गाउँका ७१ वर्षिय वृद्ध कालिबहादुर खड्का भन्छन्,‘एक वर्ष भयो आखाँ देख्न छोडेको’ लठ्ठीको सहारामा भित्र बाहिर गर्ने गरेको छु ।’ बल्ल आज घरदैलोमै आएको शिविरबाट राहत पाएँ । खड्कालाई आँखाले समेत साथ छोडेपछि नरकीय जीवन जिउनु परेको थियोे । बृद्धले घर आगनमा आँखाको शल्यक्रिया गरेपछि संसार देख्न सक्छौं भन्ने कुरामा […]

नलगाड नगरपालिका–४ मा ११० जनाले पाए निशुल्क आँखा शिविर सेवा

नलगाड नगरपालिका–४ लहँमा आयोजित निशुल्क आँखा शिविरमा ११० जनाले आँखा जाँच र उपचार सेवाबाट लाभ उठाएका छन् । नेपाल नेत्र ज्योति संघ अन्तर्गतको एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमद्वारा आयोजित यस शिविरले स्थानीयवासीलाई पहिलो पटक यस्तो सुविधा पुर्याएको हो । वडा अध्यक्ष बर्दी पन्तका अनुसार, वडाको पहलमा शिविर सञ्चालन हुँदा विशेष गरी ज्येष्ठ नागरिक र […]

जुम्लाको निःशुल्क आँखा शिविरमा सात सयजना लाभान्वित

सदरमुकाम खलङ्गामा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा सात सय ३९ जना लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति सङ्घ चन्दननाथ आँखा अस्पतालले आयोजना गरेको तीनदिने आँखा शिविरमा यहाँका स्थानीयको आँखा जाँच गरिएको हो । रिड्ले आँखा फाउण्डेशन नेपालको आर्थिक सहयोग र हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा उक्त शिविर नेत्रज्योति सङ्घको प्राङ्गणमा सञ्चालन भएको सङ्घका सचिव […]

जुम्लामा मोतिया विन्दुको शल्यक्रियाका लागि ४१ औं आँखा शिविर शुरु

नेपाल नेत्रज्योति संघ जुम्लाले ४१ औं आँखा शिविर शुरु गरेको छ । संघले जुम्लामा मोतिया विन्दुको शल्यक्रियाका लागि ४१ औं आँखा शिविर शुरु गरेको हो । विशेषगरी ज्येष्ठ नागरिकहरुका लागि मोतियाविन्दुको शल्यक्रिया सहितका कामहरु गर्नका लागि शिविर शुरु गरिएको छ । हिमालय आखा अस्पताल जुम्लाको प्राविधिक सहयोग र रिडि आई फाउण्डेसनको सहयोगमा शिविर शुरु गरिएको […]