दुर्घटनामा परेका नेकपा (एमाले)का महासचिव पोखरेलको स्वास्थ्य परीक्षण
दैलेखमा भएको सवारी दुर्घटनामा घाइते भएका नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको काठमाडौँस्थित ट्रमा सेन्टरमा स्वास्थ्य परीक्षण गरिएको छ । सुर्खेतबाट दैलेख कार्यक्रममा सहभागी हुन जाने क्रममा पोखरेल सवार गाडी शनिबार सडकमा पल्टिँएको थियो । दुर्घटनामा घाइते भएका महासचिव पोखरेलमा थप समस्या भए नभएबारे आइतबार काठमाडौंमा थप परीक्षण गरिएको एमाले केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी […]




