हिमपातले नाग्म–गमगढी सडक अवरुद्ध, पर्यटक अलपत्र

गोल्डेन बुढाजुम्ला । बिहीबारदेखि परेको अविरल हिमपातका कारण नाग्म–गमगढी सडक खण्ड अवरुद्ध भएको छ। जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ स्थित भुलभुले नजिकै पहिरो जाँदा र सातमोड क्षेत्रमा बाक्लो हिउँ जम्दा यातायात सञ्चालन हुन नसकेको हो। सडक बन्द हुँदा रारा ताल जाने आन्तरिक तथा विदेशी पर्यटकहरू बीचमै अलपत्र परेका छन्। यातायात ठप्प हुँदा स्थानीय बासिन्दाको जनजीवनसमेत प्रभावित बनेको […]

कर्णाली राजमार्गमा झन्डै एक दशकको अवधिमा ९०१ जनाको मृत्यु

कर्णाली राजमार्गमा झन्डै एक दशकको अवधिमा ९०१ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ती दुर्घटनामा एक हजार ५२७ जना घाइते भएका छन् । तीन वर्षको अवधिमा मात्रै यही सडकमा ३०१ जनाले ज्यान गुमाएका छन् भने झन्डै आठ सय घाइते भएका छन् । साँघुरो र अप्ठेरो सडक, क्षमताभन्दा बढी यात्रु राखिनु, पुराना गाडी, ट्राफिक नियमको […]

बर्षेनी बढ्दै मानविय क्षति

घटना–१ १३ साउन २०७७ मा नरहरिनाथ गाउँपालिका–७ बाँगा र वडा नम्बर ४ को माँझगोठीमा पहिरोले दुई घर बगायो । स्थानीय गंगे बुढा र बाले बुढाको घर पहिरोमा परे । उक्त पहिरोमा परी ६५ बर्षिय गंगे बुढा, उनकी श्रीमती ६१ वर्षीया नैना बुढा, २४ बर्षिया बुहारी कुशा बुढा, १६ वर्षीया छोरी विमला बुढा, १० वर्षीया नातिनी […]

पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध

पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । गएरातिको अविरल वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोला र एसमोडमा पहिरो आएर सडक पूर्ण रुपमा अवरुद्ध भएको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए । उक्त राजमार्गमा निरन्तर पहिरो खस्दा आवागमनमा कठिनाइ भएको छ । सडक डिभिजन कार्यालयले सडकको अवस्था बुझेर मात्र […]

१८ घण्टापछि कर्णाली राजमार्ग सञ्चालनमा

पहिरो खसेर अवरुद्ध भएको कर्णाली राजमार्ग १८ घण्टापछि सञ्चालनमा आएको छ । शनिवार बेलुकीको वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ एसमोड र गगने खोलामा ढुङ्गासहितको पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय कालीकोट, सडक डिभिजन कार्यालय जुम्ला, जिल्ला प्रशासन कार्यालय कालीकोटको सक्रियतामा राजमार्ग पूर्णरूपमा खुलेको कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले […]

सम्पादकीय: कर्णाली राजमार्गमा कहिलेसम्म सास्ती ?

सुर्खेतबाट साविकको कर्णाली जोड्ने राजमार्ग बनेको दुई दशक पुग्न लाग्यो । कर्णाली राजमार्गले चिनिने सुर्खेत–जुम्ला सडक खण्डअन्तर्गत सुर्खेतको बांगेसिमलबाट जुम्ला जुगाड खोलासम्मको लम्बाइ २ सय ३२ किलोमिटर छ । कर्णाली भ्रमणमा आउँदा तत्कालीन राजा ज्ञानेन्द्र शाहको हुकुमपछि नेपाली सेनाले द्रूत गतिमा सडकको ट्रयाक खोलेको थियो । २०६३ साल चैत ३० गते पहिलो पटक जुम्लामा गाडी […]

कर्णाली राजमार्गको तत्काल मर्मतसम्भार गर्न सांसदहरुको माग

सांसद सुमित्रा विसीले अविरल वर्षाका कारण कर्णाली राजमार्गको दर्जनौँ स्थानमा पहिरो गई सवारी आवागमन अवरुद्ध रहेको, स्थानीय जनजीवन प्रभावित भएको भन्दै तत्काल सहज प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै उनले कर्णाली राजमार्गको मर्मत सम्भारमा सरकारले विशेष चासो देखाओस् भन्ने माग गरे । उनले सडक निर्माणका क्रममा प्रयोग हुने डोजरका […]

संचालनमा आयो कर्णाली राजमार्ग : जुम्लादेखि हिँडे स्याउका ट्रक

पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग ५ दिनपछि संचालनमा आएको छ । राजमार्ग खुलेसँगै बाटोमा रोकिएका स्याउ बोकेका ट्रक गन्तव्यतिर लागेका छन् । कर्णाली राजमार्गको दहीखोला, गगनेखोला र मेयरखोलामा गएको पहिरोका कारण अवरुद्ध राजमार्ग खुलेसँगै जुम्लादेखि स्याउ बोकेका ट्रक अघि बढेका छन् । राजमार्गको कालीकोट खण्ड आइतबार बिहानै खुले पनि दैलेख खण्डको पहिरो पन्छाउने काम अबेरसम्म […]

कर्णाली राजमार्ग अवरुद्धः करोडौंको स्याउ जुम्लामै अलपत्र

जुम्लाको पातारासी–६ उर्थु गाउँका सुकबहादुर बिष्टले बिहीबार बेचेको ३५ क्विन्टल स्याउ बाटोमै अलपत्र परेको छ । बगैंचामै ७० रुपैयाँ किलोमा बेचेर भरेको स्याउ बोकेको ट्रक कर्णाली राजमार्ग पहिरोले अवरुद्ध भएपछि बाटोमै अलपत्र परेको हो ।‘गगनेखोलामा पहिरोले सडकको निसाना नै नरहने गरेर बगाएको खबर सुन्दैछु,’ उनले भने,‘कहिले सडक खुल्ने हो । कहिले स्याउ बजारसम्म पुग्ने हो […]

राज्यको उपेक्षाले सास्ती भोग्दै यात्रा गर्दै नागरिक

बुधबार राती परेकोे अविरल बर्षापछि आएको पहिरोले कर्णाली राजमार्ग अबरुद्ध छ । सडक डिभिजन कार्यालय जुम्लाका अनुसार अबरुद्ध भएको राजमार्ग एकतर्फि मात्रै खुलाउनका लागि कम्तिमा तीनदेखि चार दिन लाग्ने छ । कर्णाली राजमार्ग अन्र्तगतको दैलेखको आठविस नगरपालिका–५, को मालाचौरदेखि कालिकोट शुभकालिका गाउँपालिका–१, को हुल्म बजारसम्मको सडक खण्ड ठाउँठाउँमा क्षतविक्षत भएको छ । यो खण्डमा पर्ने […]

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्गमा यातायात सञ्चालनमा रोकिएको छ । सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए । उनले पहिरो पन्छाउने काम भइरहेको बताए । वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालिकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ ।

कर्णाली राजमार्गको दुर्दशा: मर्मत सधैँ हुन्छ तर कहिल्यै टिक्दैन

सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्गको जोखिम कहिल्यै नहट्ने भएको छ । हिउँदमा धुलाम्मे र बर्खामा हिल्लामे हुनु कर्णाली राजमार्गको विशेषता जस्तै भएको छ । पहिरो र खाल्टाखुल्टी हुनु कर्णाली राजमार्गको स्थायी समस्या हो । सरकारले बर्सेनि मर्मतका नाममा लाखौँ रकम खर्च गर्दै आएको भए पनि सडक जोखिम भने कम हुन सकेको छैन । सडक डिभिजन कार्यालय जुम्ला र सुर्खेतले बर्सेनि […]

बाढीपहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

पहिरोले अवरुद्ध कर्णाली राजमार्गको कालिकोट–जुम्ला सडक खण्ड संचालनमा आएको छ । अविरल वर्षाले सोमबार बिहानदेखि अवरुद्ध सडक मंगलबार दिउँसोदेखि एकतर्फी रुपले खुलेको प्रहरीले जनाएको छ । कालिकोटको चौखोलामा गएको पहिरोले कालिकोट–जुम्ला खण्ड अवरुद्ध भएको थियो । कर्णाली राजमार्ग खुलेपछि हिजोदेखि बाटोमा अलपत्र यात्रुवाहक र मालवाहक गाडी गन्तव्यतर्फ लागेका छन् । पानी पर्ने बित्तिकै पहिरोले कर्णाली […]

  • 1
  • 2