महेन्द्र मावि आँपचौरमा तुलि बलिभद्र अक्षकाेष स्थापना

दुर्गा विसि
सल्यान,१ कार्तिक ।
स्वर्गीय बुबा आमाको नाममा महेन्द्र मावि आँपचौरमा ५० हजारकाे छात्रवृत्ति अक्षकोष स्थापना गरिएको छ । बुबा बलिभद्र बिक र माता तुलि बिककाे नाममा तुलि बलिभद्र छात्राबृति अक्षय कोष स्थापना गर्ने शिक्षक समेत रहेका दलवहादुर विकले जानकारी दिनु भएको छ ।
वर्षको एकपटक गरिब,विपन्नर जेहान्दार विद्यार्थीलाई साे अक्षकोषकाे ब्याजबाट छात्रावृत्ति वितरण हुने वताएकाे छ । महेन्द्र मा.बि बनगाड कुपिण्डे नगरपालिका,११ आपाचौर सल्यानमा उक्त अक्षकोष स्थापना हुने जनाएको छ ।साेहि क्षेत्रका छोराहरु दल बहादुर बिक ,तुल्सी प्रसाद बिक र लोकेस बिक ३ तिनै जना छाेराहरुले स्वर्गीय बुबा,आमाको नाममा आजै अक्षकोष स्थापनाकाे लागि प्रक्रिया अगाडि वढाएको जनाएको छ ।
आमा स्वर्गवास भएकाे २० वर्ष र ८० वर्ष उमेरमा यहि असाेज ३० बुबाको मृत्यु पश्चात् छाेराहरुले संयुक्तरूपमा विद्यालयमा अक्षकोष स्थापना गर्ने जनाए ।उक्त अक्षकोषले आर्थिक अभावमा पढ्न सकस भएका गरिव, विपन्न विद्यार्थीलाई पठनपाठनमा सहयोग हुने उदेश्य लिएको छ ।






