कर्णालीमा विपन्नलाई आवास

सुर्खेत,२१ असोज ।

कर्णाली प्रदेश सरकारले गरिब तथा विपन्नका लागि हालसम्म चार हजार ८५६ घर निर्माण गरेको छ । जनता आवास (प्रदेश), जनता आवास (सङ्घ) र विपन्नको घर निर्माण कार्यक्रमअन्तर्गत कर्णालीका १० जिल्लाका विभिन्न पालिकामा घर निर्माण गरिएको हो ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा जनता आवास ९सङ्घ०तर्फ तीन हजार १५० घर निर्माण भएका थिए । त्यस्तै जनता आवास ९प्रदेश०ले ५२२ घर गरिब तथा विपन्न स्थानीयवासीको निर्माण गरेको थियो । आव २०८१/८२ मा सङ्घले ३८० र प्रदेशले १८४ घर निर्माण गरेको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो । त्यस्तै विपन्नको घरतर्फ आव २०८०/८१ मा ३९७ घर र आव २०८१/८२ मा २२३ घर निर्माण गरिएको थियो ।
आव २०८१/८२ मा जनता आवास सङ्घतर्फ सबैभन्दा बढी कालिकोटमा कालिकोटमा १८१  घर निर्माण गरिएका थिए । सुर्खेतमा १४२, दैलेखमा ३८ र जाजरकोटमा १९ घर निर्माण गरिएको छ । जनता आवास प्रदेशतर्फ सुर्खेतमा ३३, दैलेखमा १४, सल्यानमा १६, रुकुम पश्चिममा २३, जाजरकोटमा २७, डोल्पामा १४, जुम्लामा २१, मुगुमा ६, कालिकोटमा १० तथा हुम्लामा २० घर निर्माण गरिएका छन् ।

विपन्नको घर निर्माण कार्यक्रमअन्तर्गत सुर्खेतमा ३६, दैलेखमा ३९, सल्यानमा १३, रुकुम पश्चिममा २३, जाजरकोटमा २३, डोल्पामा ११, जुम्लामा २०, मुगुमा ८, कालिकोटमा ३० तथा हुम्लामा २० घर निर्माण गरिएको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो । आव २०८१/८२ मा ७८७ घर निर्माण गरिएका छन् ।

कर्णालीमा विपन्नलाई आवास

चार दिनदेखि बेपत्ता बालिकाको शव फेला

कर्णालीमा विपन्नलाई आवास

बाँकेमा प्रहरीको दुई अलग कारबाही — अवैध

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds