अन्तर्राष्ट्रिय युवा दिवसमा सुर्खेतमा युवा उद्यमशीलता प्रवर्द्धन र्‍याली

सुर्खेत, २७साउन ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युवा उद्यमी मञ्च (एन वाइ इ एफ) सुर्खेत च्याप्टरको आयोजनामा सोमबार वीरेन्द्रनगरमा युवा उद्यमशीलता प्रवर्द्धनका लागि र्‍याली सम्पन्न भएको छ। सिद्धपाइला क्याम्पस सुर्खेत, अमेरिकन कर्नर सुर्खेत, लायन्स क्लब अफ सुर्खेत भ्याली होराइजन र इनरह्वील क्लबको सहआयोजनामा भएको उक्त र्‍यालीमा करिब ४० जना युवा उद्यमी तथा विद्यार्थीको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै सिद्धपाइला क्याम्पसका क्याम्पस प्रमुख सन्देश रावतले कक्षा १२ सकिएलगत्तै विदेश जाने प्रवृत्तिले ‘ब्रेन ड्रेन’ बढाएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले स्वदेशमै केही गर्न सक्ने मनोबल युवामा जागृत गर्ने विश्वास व्यक्त गरे।

त्यस्तै, अमेरिकन कर्नरका प्रतिनिधि पुष्कर थापाले युवा उद्यमशीलता प्रवर्द्धनका कार्यक्रमहरूमा निरन्तर सहयोग र सहभागिता रहने प्रतिवद्धता जनाए। इनरह्वील क्लब सुर्खेतकी अध्यक्ष कृष्णा शाहीले स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सृजना गर्न यस्ता गतिविधिले टेवा पुर्‍याउने भन्दै आगामी दिनमा पनि सहयोग गर्ने बताइन्।

समापन सत्रमा एन वाइ इ एफ सुर्खेतका अध्यक्ष कमल सुवेदीले उद्यमी बन्न सरकारले मात्र भर पर्नु नहुने उल्लेख गर्दै, “के थाहा सरकार तपाईंको भरोसामा बसेको छ कि?” भनी व्यंग्यात्मक ढंगले उद्यममा आत्मनिर्भर बन्न युवालाई आह्वान गरे। परिवर्तन, शीघ्र निर्णय क्षमता र सूचना प्रविधिको प्रयोगले युवा उद्यमीलाई फरक बनाउने भन्दै उनले उद्यमशीलतालाई राष्ट्रको सम्पत्ति मानेर राजनीतिक र सरकारी व्यवहारमा परिवर्तन आवश्यक रहेको पनि जोड दिए।

कार्यक्रमको सञ्चालन एन वाइ इ एफ सुर्खेतका प्रथम उपाध्यक्ष राजेश बरालले गरेका थिए।

अन्तर्राष्ट्रिय युवा दिवसमा सुर्खेतमा युवा उद्यमशीलता प्रवर्द्धन र्‍याली

निर्यात हुन लागेको जुम्ली काँचो स्याउ प्रहरीद्वारा

अन्तर्राष्ट्रिय युवा दिवसमा सुर्खेतमा युवा उद्यमशीलता प्रवर्द्धन र्‍याली

जुम्लाको रंगशाला निर्माण सुस्त गतिमा, प्रशिक्षणमा समस्या

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds