तिलाक स्थानीयले गरे रतुवाकाे उद्वार

गाेेल्डेन बुढा

जुम्ला,१० साउन।

जुम्लाको तिला गाउँपालिकाका स्थानीयले वन्यजन्तु रतुवा (मृग) को उद्दार गरेका छन् ।शुक्रबार ५ बजेर ५० मिनेटमा उद्वार गरेका थिए।तिला गाउँपालिका -३ कुडारी पर्ने तिला नदिमा बगेर आएकाे मृगलाई स्थानीयले उद्दार गरेका हुन् ।स्थानीयले मुनप्रसाद भट्टराईले बगेर आएकाे देखेपछि उद्वार गरेका थिए।अ:उनलेे लगत्तै प्रहरी चाैकी कुडारीमा खवर गरेका थिए। प्रहरी सहायक निरिक्षक उत्तम कुमार बाेहाेराकाे नेतृत्वको टाेलीले उद्वार गरि तातोपानी गाउँपालिका सव डिभिजन वन कार्यालयका अधिकृत रवीन्द्रकुमार अधिकारीलाई सकुशल बुझाएका थिए।

वन कार्यालयका कर्मचारी, प्रहरी प्रतिनिधि, वडा जनप्रतिनिधि र स्थानीय बासिन्दाको रोहबरमा रतुवालाई तिला गाउँपालिका–३ अन्तर्गत पर्ने खड्का पातल सामुदायिक वन क्षेत्रमा छाडिएको हो।उक्त वन क्षेत्र पूर्वमा सुन्दर सामुदायिक वन, पश्चिममा राष्ट्रिय वन, उत्तरमा राँका गाउँ र दक्षिणमा त्रिवेणी गाउँसँग सीमाना जोडिएको छ।

रतुवा उद्दार तथा पुनःस्थापनाको कार्यमा वन अधिकृत रविन्द्र कुमार अधिकारी, तातोपानी सव-डिभिजन वनका सहायक तेस्रो चन्द्र बहादुर हमाल, प्रहरी प्रतिनिधि उत्तम कुमार बोहरा, राजन कार्की, वडा सदस्य मैद्यनाथ योगी, स्थानीय समाजसेवी सरस्वती पाण्डे र महिला जागरण जुम्लाका  संवाददाता तथा पत्रकार निराजन गौतमको उल्लेखनीय सहभागिता रहेको थियो।सरोकारवालाहरू तथा स्थानीयवासीहरूले रतुवाको सकुशल उद्दार र सुरक्षित स्थानमा पुनःस्थापनामा प्रसन्नता व्यक्त गरेका छन्

तिलाक स्थानीयले गरे रतुवाकाे उद्वार

पूर्वाधार विकासमा निजी क्षेत्रसँग सहकार्य गरेर अघि

तिलाक स्थानीयले गरे रतुवाकाे उद्वार

शिक्षा प्रणालीमा नवीनतम सुधार आवश्यक छ :

Leave a comment

Your email address will not be published. Required fields are marked *