बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दो, सामाजिक सञ्जाल प्रमुख माध्यम

बाँके ,१८ असार।

पछिल्लो समय बाँके जिल्लामा साइबर अपराधसम्बन्धी उजुरीको सङ्ख्या तीव्र रूपमा बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा मात्र ३०९ उजुरी परेका छन्। तीमध्ये सबैभन्दा बढी उजुरी नेपालगञ्ज र कोहलपुर क्षेत्रका छन्।

प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार दर्ता भएका उजुरीमध्ये दुई घटनामा मुद्दा दर्ता गरिएको छ, जसमा दुवै विद्युतीय अपराधसँग सम्बन्धित छन्। अघिल्लो वर्ष २०८०/८१ मा २७० उजुरी परेका थिए भने तीमध्ये एक घटनामा मात्रै मुद्दा दर्ता गरिएको थियो। यसअघि २०७९/८० मा १०६ र २०७८/७९ मा ५८ उजुरी परेका थिए।

साइबर अपराधका उजुरीहरू मुख्यतः फेसबुक, इन्स्टाग्राम, भाइबर, ह्वाट्सएपजस्ता सामाजिक सञ्जालमार्फत हुने गरेका छन्। प्रहरीले विदेशबाट पनि साइबर कानुन उल्लङ्घन हुने घटनाहरू दर्ता भएको जनाएको छ।

प्रहरीले साइबर सुरक्षालाई चुनौती दिने यस्ता गतिविधिहरूविरुद्ध कानुनी कारबाही कडा पारिने जनाएको छ। नागरिकहरूलाई जिम्मेवार डिजिटल प्रयोग र साइबर सचेतना अपनाउन समेत आग्रह गरिएको छ।

बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दो, सामाजिक सञ्जाल प्रमुख माध्यम

प्रदेश सभाका लागि छुट्टै निजामती सेवा आवश्यकताबारे

Leave a comment

Your email address will not be published. Required fields are marked *