घुँयत्राे : बजेटनि पास भाे, छानविन समिति बन्याे ! बा अब त खुस हुनु हुन्छनि ?

बजेटनि पास भाे, भिजिटभिसा काण्डकाे नि छानविन समिति बन्याे ! बा अब त खुस हुनु हुन्छनि । सरकारलाई यति भएछि त आनन्द भा हाेला हैन त ! छानबिन समिति भएन अर्को बना भनेर माग्ने त विपक्षिकाे धर्मै हाे त्यै भएर अरुलाई देखाउना लागि दुईचारदिन उफ्रिने हुन तिनरकाे उफ्र्याईले केही हुनेवाला छैन ।याैटा पुराना र बहालवाला ६ जना कर्मचारी राखेर समिति बनाएर आफ्नालाई माैकानि दिईएकै छ भएजतिका सचिबहरुलाई ठेलेर आयाेग बनाएर देखाउन खाेज्दानि मान्दैनन भनेनि कल्लाई राखेछि मान्छन तनि विपक्षिहरु ।

विपक्षिहरकाे त धर्मै हाे के रे जति राम्रो बनाएनि राम्रो भाे नभन्ने ! त्यसैले प्रधानमन्त्रीज्यु जे गर्नु भाे ठिक गर्नु भाे ! अब यति भएछि तपाईँकाे प्रधानमन्त्री पदाँघुनपुत्लाे लाग्दैन । अँ प्रमज्यु याे चाेटि त अर्थमन्त्रीले नि खुब राम्रो साथद्याछन । देशभरिकाे बजेट जम्मा ५ ठाँ मात्रै देर तपाइँले चाहे जस्तै गर्द्याछन । अब त्याे बजेट भदाै २२ तिर हुने भन्या पाटिकाे विधान अधिवेशनाँ राम्रोशीत चलाउनु भाे र कार्यकर्ता पाकेट गरम गर्दिन सक्नु भाे भने ७० बर्षे बार लाएर तपाईं लाई पाटि अध्यक्षाँ ठेक्ने प्लान बनाछन नि तपाइँका दुष्मनहरले हाे त्याे प्लान पनि चाैपट हुने देख्छु है मत अब ।

खासमा तपाइँ अब पाटियाँ जति निरंकुस र निर्दयी बन्दै जानू हुन्छ नि तपाइँलाई त्यत्ति फाइदाछ । तपाईं आफुले चाहेकाे गर्दै जानू हुन्छ अनि तपाइँका दुष्मन रुष्टहुन थाल्छन अनि त्यै माैकाँ तिन्लाई पाटियाट घाेक्रयाउँदै निकाल्दै जानू पर्छ।यसरी विराेधि जतिलाई पाटियाट निकाल्दै छाेडदै गरेछि अन्त्याँ पाटियाँ तपाइँका झाेले मात्रै रहन्छन अनि तपाइँ अध्यक्ष हुन पाउनु हुन्न भनेर बाेल्ने कल्ले ? आखिर त्यल्लाइनि माधब नेपाल र भिम रावल जस्ताे हुनुत छैन हाेला नि। तपाईंको विराेध गर्ने विपक्षि दल राप्रपा र रास्वपाकाे त त्याे हालभाे । राप्रपा सडकबाटै हरायाे ।

अनि रास्वपाका नेता रबिकाे हालत केछ ,अनि सदनाँ ४/६ दिन कराएर चुरीफुरी गर्ने विचराहरलाई त्यै घाँटीयाँ भिर्या निलाे टालाेमा झुन्डिएर मरम्कि आन्दोलन छाडम् भन्ने भाे ! अब त बजेटनि पास भै हाल्याे निसेनि ल्याउन दिन्न भनेर तपाइँल्यै लेर गै जानू भाे ! अब त्याे सदन चलाएर भत्तामात्रै बाँडेर क्यार्ने हाे त्यै भएर बरु सभामुखलाई सदन बन्दगर्ने चिठी लेख भन्ने हाे सभामुखले चिठिलेर आउँछ अनि राष्ट्रपतिकाँ लएर जाने सदन वदन बन्द गराउने अनि आनन्दले बस्ने हैन र ? गाेडाएक मैना जति सदनाँ निउ खाेजेर वीपक्षिहरले राम्ररी निदाउनै द्याछैनन हाेला । धेरै अनिदाे पनित बस्न हुन्न ।

८४ काे चुनाउ गराउने बेलासम्म यसपछि याैटा सदनमात्रै चलाउन पाइन्छ त्यसपछि त चुनाबै आउने हाेला त्यसैले आउने बजेट अधिवेशनसम्म जेनतेन खटनु भाे भने चुनाबाँ खर्च गर्ने रकम सहित हुने चुनाबाँ बहुमत ल्याएर सरकार बनाउन्यैत हाेलानि । सरकाराँ बसेर आँफुले यति राम्रो काम गरि राख्नु भाछ । अनि झाेलेहरु हामी झाेलेहुम भनेर बुध्दिविवेक धराैटि राखेर बाकाे विरुद्ध बाेल्नेहरुलाई झम्टिन गाकैछन । झाेलेहरु काँ छाै तुरुन्त हाजिर हाेउ भनेर बाकाे उर्दि हुँदाका बखत हाजिर लगाकै छन यस्ताे जे भन्याे कान्ने कार्यकर्ता नेता हुन पाएछि बाका लागि त्याे भन्दा ठूलाे कुरा अरु के हाे के !

राजनीतिकाे सफलता भन्या दुष्मन ढलाउने हाे ,चाहेती अन्यदलका हुन वा आफ्नै दलका । याे पटक प्रधानमन्त्री ज्युले विपक्षिहरलाई यसरी तह लाई दउनु भाेकि २/४ बर्ष ती ठाठाेशिर गरेर हेर्नै सक्नेवाला छैनन । त्यसैले बाकाे प्रधानमन्त्री पद थारु गाँठाे कस्सिएझैँ कस्सियाछ त्यसैले कसैलेनि फुकाउने काेशिस नगर्नुस बरु अरु२० बर्ष मिलेर देश लुट्ने र भष्टाचार मच्चाउने खेलाँ निर्धक्क भएर बाकाे साथ दिनाेस ! राष्ट्रिय ढुकुटी खडा गर्दिने अर्थमन्त्री छँदैछन त्यसमा ब्रहमलुट गर्ने तपाइँहरु भएछि तपाईँहरलाई कल्ले के गर्ने जिन्दगी तपाईंह,काेनि बन्ने उनरकाेनि बन्ने! बाकाे तर्फाट ह्याँ भन्दा धेरै के खाेज्छाै के झाेले हाे । हामी त तिमरकाे चर्तिकला हेरेर अघाई सकिम् तिमरु कति अघाउन्नाै के !

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds