कर्णालीमा क्षयरोगका बिरामी उपचारबाट वञ्चित


हुम्ला । कर्णाली प्रदेशमा क्षयरोगका बिरामी उपचारभन्दा बाहिर रहेका छन्।

स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा कर्णालीमा ४ हजार १०६ जना क्षयरोगका बिरामीलाई उपचारमा ल्याउने लक्ष्य राखिएको थियो। तर, उपचारमा १ हजार ७१४ जना मात्रै आए।

२ हजार ३ सयभन्दा बढी क्षयरोगका बिरामी उपचारबाहिर छन्। चालु आवको फागुन समान्तसम्म ८९९ जना नयाँ बिरामी पत्ता लागेका छन्। कर्णालीमा क्षयरोगका नयाँ बिरामी पत्ता लाग्ने दर प्रतिलाखमा १०२ जना रहेको छ।

उपचारबाहिर रहेका क्षयरोगका बिरामीलाई उपचारमा ल्याउने कामलाई प्राथमिकता दिने बताइएको भए पनि त्यो हुन सकेको छैन।

निर्देशनालयले प्रदेशमा लक्ष्यअनुसार रोग पत्ता लाग्ने दर प्रतिलाख जनसङ्ख्यामा ४२ जना रहेको भन्दै अन्य उपचारबाहिर रहेको पाइएको जनाएको छ।

उपचारबाहिर रहेकालाई उपचारको पहुँचमा ल्याउन बर्सेनि खोजी गर्नेलगायतका काम गरिए पनि अझै पनि क्षयरोगी उपचारबाहिर रहनु चुनौतीपूर्ण रहेको हो।

कर्णाली प्रदेशमा चालु आर्थिक वर्षमा सबैभन्दा धेरै क्षयरोगका बिरामी प्रदेश राजधानी सुर्खेतमा फेला परेका छन्। फागुनसम्म सुर्खेतमा ३१२ जना नयाँ बिरामी पत्ता लागेका छन्।

सुर्खेतपछि सल्यानमा १६७ र रुकुमपश्चिममा १०५ जना क्षयरोगका बिरामी पत्ता लागेको जानकारी निर्देशनालयले दिएको छ।

दैलेखमा ८७, जाजरकोटमा ७०, कालीकोटमा ५२, जुम्लामा ४३, डोल्पामा २३, मुगुमा २१ जना र सबैभन्दा कम हुम्लामा १९ जना फेला परेका छन्।

कर्णालीमा क्षयरोगका बिरामी उपचारबाट वञ्चित

नरैनापुर आगलागीबाट ५० लाखको क्षति

कर्णालीमा क्षयरोगका बिरामी उपचारबाट वञ्चित

कुलमान घिसिङ गए सर्वोच्च

Leave a comment

Your email address will not be published. Required fields are marked *