बैंकसम्म पुग्न नसक्नेलाई वडा–वडामै भत्ता


जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ रोकायाबाडा गाउँका ८४ वर्षका धनपति रोकाया वडाबाटै भत्ता बुझ्न पाएपछि निकै उत्साहित भए । बल्लतल्ल् ‘स्थानीय सरकार घर आँगनमै आएको महसुस भयो । ‘भत्ता बुझ्नका लागि एक डेढ घण्टा हिंडेर बैंक जानुपथ्र्यो’, उनले विगत बैंकमा लाइन बस्नुपर्दाका दुःखलाई स्मरण गरे ।

उनले थपे, ‘बिरामी हुँदा घरपरिवारले बोकेर लैजान्थे, कहिलेकाहीँ कागजपत्र मिलेन भनेर दिनभर लाइन कुरेर फर्किनुपर्थ्यो, साह्रै गाह्रो हुन्थ्यो,’ उनले थपे,‘म दमको रोगी छुँ । हातगोडा दुख्ने र हिँड्न निकै अप्ठ्यारो हुन्थ्यो । साँझ बिहान आँगनमा हिँडडुल गरे पनि लामो दूरीको बाटोमा यात्रा गर्न निकै कठिन हुने गरेको थियो ।’

‘जनप्रतिनिधिले वडामै भत्ता ल्याइदिएको धैरै उत्साहित भएको धनपतिले सुनाए ।

यस्तै, कनकासुन्दरी–५ बडुवालबाडा गाउँकी ८० वर्षिया सुकुल्ली बडुवाललाई बैंकसम्म आउन घण्टौं समय लाग्नेगर्छ । पैदल हिँडेर जानुपर्ने बाध्यता एकातर्फ त अर्कोतर्फ शारीरिक अशक्तताका कारण झन् बढी जोखिम हुने उनी बताउँछिन् । उनले भनिन्, ‘समयको बचत भयो,नजिकै भत्ता पाउँदा निकै हर्षित छुँ,विगतका दिनमा पिडा खेपिरहेका म लगायत धेरै जेष्ठनागरिक खुशी छौँ ।’ टाढा हुँदा न बैंकबारे केहि बुझिन्थ्यो न भत्ता लिन जानै सजिलो थियो, सबै दुःख पिडा कम भयो । जय,जयकार होस् । जनप्रतिनिधि कर्मचारीहरुको भन्दै आशिर्वाद दिइन् ।

कनकासुन्दरी–६ लाहार्ज गाउँकी ७० वर्षीया बाचुकला हमालको भत्ता बुझ्न आउँदा–जाँदाको अनुभव सुकुल्लीको जस्तै छ । उनी घर बाट हिडेर गाउँपालिकाको सदरमुकाम जोठिज्युला पुग्थिन् । वर्षामा रुझ्दै होस् वा घन्टौं पैदल हिँडेर बैंक पुग्दा काम नबनेर फर्किनुपरेको दिन सम्झिन्छिन् । उनी एकल महिला हुन् । उनी भन्छिन्, ‘समयसँगै रुपैयाँ पनि बचत हुनेभयो, वडामै सामाजिक सुरक्षा भत्ता पाउनु ठुलो राहत हुनेछ ।’

सोही गाउँपालिका–५ लुड्कु गाउँका ८४ वर्षका हरिलाल घर्तीलाई शारीरिक दुर्बलताले पाउने भत्ता लिनै सधैं कष्ट हुन्थ्यो । घरपरिवार, वरपरका छिमेकीको सहायताले जानुपथ्यो । तर, वडाबाटै भत्ता पाएपछि अहिले सजिलो भएको छ, सरकारले २०७३ सालबाटै सामाजिक सुुरक्षा भत्ता वितरण बैंकिङ प्रणालीबाट शुरु गरेको थियो । तर, भत्ता बैंकमार्फत वितरण गर्ने प्रणाली पारदर्शी भए पनि सेवाग्राहीका लागि कष्टकर भएको अनुभुती भयो । सामाजिक सुरक्षा भत्ताका लागि बैंक खाता खोल्न र भुक्तानीका लागि अनिवार्य आफैँ बैंक पुग्नुपर्ने र बैंकमा कागजी प्रक्रिया पनि आफैँले मिलाउनुपर्ने भए पनि जेष्ठ नागरिक, बालबालिका, एकल महिला र अपांगता भएका व्यक्तिले सास्ती भोग्नुु परेका बेला जुम्लाको कनकासुन्दरी गाउँपालिकाले भने वडा–वडामा पुुगेर भत्ता वितरण थालेको हो ।

अहिले वडाबाटै भत्ता पाउन थालेपछि जेष्ठ नागरिक उत्साहित छन्। ज्येष्ठ नागरिक तथा अशक्त र अपांगता भएका लाभग्राहीहरूलाई लक्षित गरी गाउँपालिकाले वडा–वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ ।

चालू आर्थिक वर्ष २०८१/०८२ अन्तर्गतको दोस्रो त्रैमासिक रकम वडा–वडामा पुगेर गत माघ २ गतेदेखि वितरण सुरु गरेको हो । कनकासन्दरी गाउँपालिका, कुमारी बैंक लिमिटेड र नेपाल प्रहरीको संयुक्त टोली खटिएर वितरण सुरु गरिएको गाउँपालिका अध्यक्ष दामोदरप्रसाद आचार्यले बताए ।

भौगोलिक विकटता र शारीरिक रूपमा अशक्तताका कारण बैंकसम्म पुगेर भत्ता लिन नसक्नेहरूलाई लक्षित गरी यो कार्य गरिएको उनले जनाए । ‘वृद्धवृद्धा, हिँड्डुल गर्न नसक्नेहरूलाई वडा–वडामै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरिएको हो,’ उनले भने, ‘माघ १० गतेसम्म दिइएको थियो । उक्त गाउँपालिकामा ८ वडा छन्।बैंक खाता अनिवार्य गरेपछि बैंकसम्म पुग्न भौगोलिक कठिनाइले सकस हुने गरेको लाभग्राहीहरूबाट गुनासो आएपछि कर्मचारी र जनप्रतिनिधिको उपस्थितिमा भत्ता वितरण गर्न थालिएको छ ।’

व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा शाखाका प्रमुख दिपेन्द्रप्रसाद उपाध्याय बैंकको पहुँचसम्म पुग्न नसकेको जेष्ठनागरिक ,एकल महिला र अपांगहरुकालाई यो कार्यक्रम सुचारु गरिएको बताए । जुम्लाको चिसो समयमा कुनै प्रवाह नगरि वडा–वडामा पुगेको उनले जानकारी दिए ।

गाउँपालिकाले ५ वडाका १ सय १३ जना ६ नम्बरका १ सय २१ र ७ नम्बरका १ सय ४ जना,८ नम्बरका २ सय १० जना, ४ वडामा १ सय ५०, ३ वडाका १ सय ४०, २ नं. वडामा १ सय ५७ र १ नम्बर वडाका १ सय ५९ गरि कुल १ हजार १ सय ५४ जनालाई सामाजिक सुरक्षा भत्ता वितरणमा गरिएको छ भने, १ नम्बर वडामा १० लाख ७७ हजार, २ नम्बरमा १० लाख ९४ हजार दुई सय, ३ वडामा १० लाख ४९ हजार ४ सय, ४ वडामा १० लाख २१ हजार ५०,५ नम्बर वडामा ७ लाख ४५ हजार ९ सय ४०, ६ नम्बर वडामा ७ लाख १८ हजार दुई सय, ७ नम्बर वडाभित्र सात लाख ८० हजार १ सय र ८ नम्बर वडामा १२ लाख ५४ हजार रुपैयाँ गरि कुल ५८ लाख ३१ हजार १ सय ९० रुपैयाँ वितरण गरेको छ ।

बैंकसम्म पुग्न नसक्नेलाई वडा–वडामै भत्ता

बैतडीमा जिप दुर्घटनाः दुई जनाको मृत्यु, चार

बैंकसम्म पुग्न नसक्नेलाई वडा–वडामै भत्ता

कर्णालीका युवालाई पूर्व मिस नेपाल श्रेष्ठ र