क्वारेन्टाइनमै योगा र उत्प्रेरणा कक्षा

दैलेख, ९ असार ।
कर्णालीका क्वारेन्टाइनमा बसेकाहरुलाई शारीरिक तथा मानसिक रुपमा तन्दरुस्त राख्न विभिन्न मनोरञ्‍जनात्मक कार्यक्रमको आयोजना हुन थालेको छ । त्यसका लागि सरकारी तथा गैरसरकारी निकाय र युवाहरुले उत्प्रेरणा कक्षा, योगा, लाइभ कन्सर्ट तथा मनोपरामर्श सेवा प्रदान गरिरहेका छन् ।

 

 

कर्णाली प्रदेशमा सञ्चालित बालिका बचाउ अभियानले सुर्खेतका विभिन्न क्वारेन्टाइनमा उत्प्रेरणा कक्षा सञ्चालन गरिरहेको छ । क्वारेन्टाइनमा रहेकाहरुको आत्मबल र हौसला बढाउन तथा सकारात्मक सोच र तनाब व्यवस्थानका लागि उत्प्रेरणा कक्षा सञ्चालन गरिएको अभियानका संयोजक सजना सुनारले बताइन् ।

‘आइडीया नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा अभियान थालेका हौं, ‘संयोजक सुनारले भनिन् । नेपाल युवा परिषद् कर्णाली प्रदेश, ब्लूम्स ब्यान्ड, जेपर ब्यान्ड र बिक्रम साउण्डको समन्वयमा उत्प्रेरणा कक्षासँगसँगै लाइभ कन्सर्ट गरिरहेको संयोजक सुनारले जानकारी दिइन् ।
‘क्वारेन्टाइनमा बसिरहनुभएका हरुमा समस्यै समस्या छन्,’ उनले भनिन्, ‘मनोबल उच्च बनाउन, मनोरञ्जन प्रदान गर्न तथा तनाव  वस्थापनका लागि हामीले स्वंयमसेवक रुपमा अभियान सञ्चालन गरिरहेका छौं ।’ यता दैलेखको दुल्लु नगरपालिकामा क्वारेन्टाइन आइसोलेसनमा  उपचाररत कोरोना संक्रमितलाई योगा र मनोसामाजिक परामर्श सञ्चालन गरिएको छ । दुल्लुस्थित दोणाञ्चल क्याम्पस दुल्लुमा राखिएको कोरोनाका बिरामीको मनोपरामर्शसहित योगा सञ्चालन गरिएको हो ।

कर्णालीमा सरकारी खर्चको खोजी

क्वारेन्टाइनमै योगा र उत्प्रेरणा कक्षा

कोरोनाको कहर : जनप्रतिनिधिको सुविधामा रहर

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds