नेपालगन्जमा लुम्बिनी कप महिला फुटबल हुने


आगामी फागुन अन्तिम साता नेपालगन्जमा लुम्बिनी कप महिला फुटबल हुने भएको छ । बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले लुम्बिनी कप आयोजना गर्ने भएको हो ।

नेपाली राष्ट्रिय महिला फुटबल टिमको पहिलो कप्तान रमा सिंह र वर्तमान कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले संयुक्त रुपमा लुम्बिनी कपको लोगो सार्वजनिक गरे । लुम्बिनी कप महिला फुटबलको लोगोमा शान्तिका अग्रदुत गौतम बुद्ध, महिला फुटवल खेलाडीको आकृति र नेपाली राष्ट्रिय झण्डाको नीलो र सिम्रिक रातो रङ्ग समेटिएको छ ।

फागुनको अन्तिम साता नेपालगन्ज रंगशालामा हुने लुम्बिनी कपमा नेपाल र भारतका ८ टिमको सहभागीता रहनेछ । महिला फुटबलको विकासमा प्रतियोगिता महत्वपुर्ण सावित हुने आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए । ‘लुम्विनी कप नेपालकै प्रतिष्ठित फुटवल प्रतियोगिता हुनेछ । आगामी वर्षहरुमा सार्क देशका अन्य टिम पनि आमन्त्रण गर्नेछौं ।’

पश्चिम नेपालको गौरवको रुपमा शुरु गर्न लागिएको लुम्बिनी कपलाई सफल पार्न सबैलाई सहकार्यको लागि शाहले अपिल गरेका छन् ।

नेपालगन्जमा लुम्बिनी कप महिला फुटबल हुने

बेमौसमी काँक्राखेतीबाट तीन महिनामै डेढ लाख आम्दानी

नेपालगन्जमा लुम्बिनी कप महिला फुटबल हुने

जाजरकोटको नलगाडमा माओवादी विजयी