कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः अनिश्चितकालीन तालाबन्दी

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पुनः अनिश्चित ताला बन्द गरिएको छ । प्रतिष्ठानमा विगत लामो समयदेखि कामकाज गरिरहेका ५८ जना शिक्षक तथा कर्मचारीहरूले बढुवाको माग गर्दै सामेबार देखि प्रतिष्ठान प्रशासनमा पुनः ताला लगाएका हुन् । कर्मचारीहरूले बढुवाको माग गर्दै उच्च अदालत सुर्खेत, जुम्ला इजलासमा रिट दायर गरेका थिए ।

अदालतले पनि कर्मचारीहरूलाई प्रक्रिया पु¥याएर लोकसेवा आयोगको परामर्श लिएर बढुवा प्रक्रिया अघि बढाउन आदेश दिएको छ । अदालतको आदेशले बढुवा गर्न ढोका खुला गरिसकेको बेला प्रतिष्ठान पदाधिकारीहरूले अटेर गरिरहेको भन्दै उनीहरूले आन्दोलनका कार्यक्रम अगाडि बढाएका हुन् ।

कर्मचारीहरूको स्तरवृद्धि प्रक्रिया २०८० असोज १ गतेदेखि अगाडि बढाउने कर्मचारी र पदाधिकारीहरूबीचमा सहमति भएको थियो । २०८१ भदौ २६ गते अदालतले कर्मचारीको पक्षमा आदेश दिएको थियो ।

गत कात्तिक २७ र २८ गते भएको वार्तामा प्रतिष्ठानको कार्यकारी परिषद् बैठकले निर्णय गरेर सभा बैठकमा अनुमोदन गराउने निर्णय गरेको थियो । सोहीअनुसार २८ गते प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहअघि कूलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा बसेको सभा बैठकले कर्मचारीको बढुवा प्रक्रिया अघि बढाउने सैद्धान्तिक सहमति दिएको थियो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कर्मचारीको बढुवा प्रक्रिया अघि बढाउने निर्णय सभा बैठकले गरेको सम्बोधनमै उद्घघोष गरे । सभाले दिएको सैद्धान्तिक सहमति पनि पदाधिकारीले उल्लंघन गरेको भन्दै कर्मचारीले प्रतिष्ठान प्रशासनमा ताला अनिश्चितकालीन ताला ठोकेका हुन् । ‘प्रतिष्ठानको उन्नति र सेवा प्रवाहमा समस्या उत्पन्न नहोस् भनेर हामी लागेका छौं,’ लेखा अधिकृत इन्द्रराज डाँगीले भने,‘तर पदाधिकारीहरु माग संवोधन गर्न सहमत नभएकोले आन्दोलन गर्नु बाध्यता सृजना भएको छ ।’ आन्दोलनका कारण प्रतिष्ठानमा आकस्मिक सेवाबाहेक नियमित सेवा सबै ठप्प छन् । अस्पतालका आकस्मिक सेवा चलिरहेको छ ।

प्रतिष्ठानका पदाधिकारीहरुले शिक्षक कर्मचारीहरुको वृत्ति विकासका लागि गरेको सहमति कार्यान्वयनमा नल्याएको भन्दै उनीहरु आन्दोलित भएका छन् । पदाधिकारीहरुले शिक्षक कर्मचारीको बढुवा र नियमानुसार तलब भत्ता दिने सभाबाट अनुमोदन भइसकेको विषयलाई पदाधिकारीहरुले आलटाल गरेपछि आन्दोलनमा पुनः आन्दोलनमा उत्रिन बाध्य भएको प्रतिष्ठान जुम्लाका प्रशासकीय अधिकृत शाहीले बताए ।

उनका अनुसार सोमबार देखि प्रतिष्ठानका ओपिडी र आकस्मिक सेवाबाहेक अन्य सबै सेवा अनिश्चितकालीन समयसम्म बन्द छन् । जारी विज्ञप्तिमार्फत यदि त्यसको सुनुवाई नभए प्रतिष्ठानको आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी दिइएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः अनिश्चितकालीन तालाबन्दी

सामाजिक विकास कार्यालयका कार्यक्रमबारे सुसूचित

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः अनिश्चितकालीन तालाबन्दी

विद्यालय खाली राखेर शिक्षक जन्ती गए

This will close in 0 seconds