सुदूरपश्चिम रोयल्सले सोमवार धनगढीमा ¥याली गर्ने


नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको टोली सुदूरपश्चिम रोयल्सले सोमवार धनगढीमा ¥याली गर्ने भएको छ ।

सुदूरपश्चिम रोयल्सले सोमवार धनगढीको चौराहदेखि रङ्गशालासम्म ¥याली आयोजना गर्ने भएको हो । ¥यालीमा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारीलगायत सहभागी हुनेछन् ।

¥यालीको तयारी पूरा भएको सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले बताए । उनले ¥यालीमा सहभागी भएर टिमको हौसला बढाउन सुदूरपश्चिमेलीलाई आग्रह गरे ।

सुदूरपश्चिमको मेन्टरमा अस्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा पहिलो संस्करणको एनपीएल यही मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुँदैछ ।

सुदूरपश्चिम रोयल्सले सोमवार धनगढीमा ¥याली गर्ने

स्वास्थ्य शिविरबाट एक सय ७० लाभान्वित

सुदूरपश्चिम रोयल्सले सोमवार धनगढीमा ¥याली गर्ने

साताको पहिलो दिन शेयर बजारमा ११ अर्ब