नगर प्रहरी भर्ना गर्दै वीरेन्द्रनर

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले करारमा नगर प्रहरी भर्ना गर्ने भएको छ। मङ्गलबार एक सूचना जारी गर्दै वीरेन्द्रनगरले २७ जना करारमा नगर प्रहरी भर्ना गर्न लागेको हो।

‘प्रस्तुत विषयमा यस कार्यालयको नगर प्रहरी सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्वन्धी व्यवस्था गर्न बनेको ऐन, २०७९ बमोजिम देहायको पदमा खुला प्रतिस्पर्धात्मक प्रक्रियावाट करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र यस कार्यालयको प्रशासन शाखामा आवेदन दिनहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

नगरपालिकाद्वारा जारी सूचनामा भनिएको छ। नगरपालिकाले प्रहरी निरीक्षकको कमाण्डमा नगर प्रहरी नायब निरीक्षक एक, नगर प्रहरी सहायक निरीक्षक दुई, नगर प्रहरी हवल्दार तीन, नगर प्रहरी जवान (हेभी सवारी चालक) दुई र नगर प्रहरी जवानमा १८ जनाको दरखास्त माग गरेको छ ।

नगर प्रहरी भर्ना गर्दै वीरेन्द्रनर

YUGAAWHAN NATIONAL DAILY (2081-07-14)

नगर प्रहरी भर्ना गर्दै वीरेन्द्रनर

सम्पादकीय : अनि कसरी सुध्रिन्छ कर्णालीको प्रणाली