गुणस्तरीय शिक्षा दिन विद्यालयमा स्याउ खेती


जुम्लाको हिमा गाउँपालिका–३ मा रहेको भैरव आधारभुत विद्यालय जोगिबाडाले शिक्षक पाल्न स्याउ खेती सुरु गरेको छ । पछिल्लो समयमा शिक्षकहरुको अभाव सिर्जना भइरहेको भन्दै कुनैपनि बेला निजी शिक्षक राख्न सकिने भएकोले स्याउ खेती सुरु गरिएको हो ।

स्याउ खेतीबाट प्राप्त आम्दानी निजी शिक्षक पाल्न खर्चिने विद्यालयको तयारी छ । विद्यालयले २०७० सालमा ५ सय स्याउका विरुवा रोपेको थियो । अहिले बर्सेनि १५÷२० हजारको स्याउ बेचिरहेको प्रध्यानाध्यापक लालनाथ योगीले बताए । विद्यालयले रेड, रोयल र गोल्डेन जातको स्थानीय स्याउ लगाइएको छ । यो जातको स्याउ रोपेको तीनदेखि चार वर्षपछि मात्रै उत्पादन दिने भएकोले अहिले कमै फलिरहेको छ ।

उच्च घनत्व स्याउ जिल्ला भित्रिँदा पुरानो जातको स्याउ हराउन सक्ने सम्भावना बढेकोले पनि स्याउको संरक्षण गर्न विद्यालयले स्याउ खेती गरिरहेको यागीले बताए । स्याउलाई चाहिने सिचाइँदेखि मलखाद व्यवस्थापनमा पनि शिक्षक विद्यार्थीहरु नै खटिरहन्छन् । यो पटक सबै अभिभावकलाई एक–एक डोको मल सहयोग गर्न भनिएको छ । कक्षा ५ मा अध्ययनरत छात्रा अरुनिमा योगीले भनिन्, ‘अभिभावकहरुले मल दिएबापत बगैंचामा उम्रिएको घाँस र बगैँचाभित्र कोशेबाली लगाउन समेत दिने भनिएको छ । यसले बगककैचा व्यवस्थापनमा राहत मिलेको छ ।’

हरेक स्याउको सिजनमा शिक्षकहरु विद्यार्थी लिएर बगैंचामा पुगिरहेका हुन्छन् । उनीहरुले स्याउको काटछाँट,मल र सिचाइँ व्यवस्थापनका बारेमा कक्षा लिइरहेको सुनाउछन् कक्षा ५ मा अध्ययनरत छात्र प्रवेशनाथ योगी। सानैदेखि विद्यार्थीहरुले स्याउमा लाग्ने रोग किरा र बगककैचा व्यवस्थापनबारेमा सीप पाइरहेका छन् । यसले आगामी दिनहरुमा स्याउ खेतीमा विद्यार्थीहरु जागरुक हुने देखिएको छ ।

आर्थिक रुपमा विद्यालयलाई सवल बनाउन र निजी शिक्षक राखेर भएपनि गुणस्तरीय शिक्षा प्रदान गर्नमा कुनै कमी नहुन दिने योजनाका साथ स्याउ खेती थालिएको स्थानीय पुष्कर नाथयोगीले बताए । ‘स्याउ र जुम्ला प्रर्यायवाची हुन् । अब भावी पुस्ताले पनि सानैदेखि स्याउ बारेको ज्ञान आर्जन गर्नुपर्ने हुन्छ । जसका लागि विद्यालयले गरेको स्याउ खेती उदाहरणीय बन्न सक्छ,’ प्रअ लालनाथले भने । विद्यालयमा हाल ४ जना अनुदानका शिक्षक छन् ।’ अहिले निजी शिक्षक राख्नु परेको छैन । तर अनुदानमा शिक्षक राख्न गाउँपालिकाले जुनसुकै बेला छोड्न सक्छ,’ उनले भने, ‘उतिबेला स्याउ खेतीले महत्वपुर्ण काम गर्नेछ ।’ १ सय २० जना विद्यार्थी छन् । जसमध्ये ६० छात्रा ६० छात्र रहेको भैरव आधारभुत विद्यालयका ४ जना अनुदानका र ४ जना स्थायी शिक्षक छन् । एक जना कार्यालय सहयोगी समेत राखिएको छ । विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको छ ।

नाग्म– गमगडी सडक खण्डको बिचैमा स्याउ बगैंचा पर्ने भएकोले आन्तरिक तथा बाह्यपर्यटकको नजर स्याउ बगैंचामा पुगेको छ । कतिपय पर्यटकहरु त विद्यालयमै पुगेर स्याउ बगैंचाको बारेमा सोधीखोजी गरिहरन्छन् । किसानहरुको भ्रमणमा निस्केकाहरु त विद्यालयले गरेको स्याउ खेतीको मुक्तकण्ठले प्रसंसा गरेर फर्किने गरेका छन् ।

उक्त विद्यालय २०४५ सालमा स्थापना भएको हो । विद्यालयले स्याउ खेती गरेर बाँझो जमिनको उपयोग गरेको भन्दै किसानहरु पनि स्याउ खेतीमा आकर्षित भइरहेका छन् । दुइ तीन वर्षपछि स्याउ बेचेर विद्यालयले बर्सेनि लाखौं रुपैयाँ भित्र्याउने आशा गरिएको छ ।

गुणस्तरीय शिक्षा दिन विद्यालयमा स्याउ खेती

YUGAAWHAN NATIONAL DAILY (2081-06-05)

गुणस्तरीय शिक्षा दिन विद्यालयमा स्याउ खेती

सल्यान बसपार्कमा तरबार प्रहार, दुई कर्मचारी घाइते

This will close in 0 seconds