सुर्खेतमा युनिसेफको प्रदेश कार्यालय स्थापना


सुर्खेतमा युनिसेफको प्रदेश कार्यालय स्थापना गरिएको छ । प्रदेश कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालका लागि युनिसेफ प्रतिनिधि एलिस अकुङ्गाले कर्णाली प्रदेशका बालबालिका र समुदायसँग नजिक भएर काम गर्न आफु उत्साहित भएको बताए । उनले कर्णालीको मातृ मृत्युदर राष्ट्रिय औसतभन्दा बढी रहेको र पुड्कोपनाले बालबालिकाको ठूलो हिस्सालाई प्रभावित गरेको बताए ।

कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सुर्खेतका सचिव आनन्द सारुले कर्णाली प्रदेशमा युनिसेफसँग सहकार्य गरेर अगाडी बढिने बताए । कार्यक्रममा स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निर्देशक रबिन खड्काले विकासका सवालमा सरकारी तथा गैर सरकारी क्षेत्र एक भएर काम गरे सकारात्मक नतिजा प्राप्त गर्न सकिने बताए ।

कर्णाली प्रदेशमा स्वास्थ्य, पोषण, शिक्षा, बालविवाह, मातृ मृत्युदर, तथा पुड्कोपना जस्ता विषय प्रमुख समस्याका रुपमा छन् । सन् १९६० को दशकमा युनिसेफले नेपालमा आफ्नो कार्यक्रमहरू कार्यान्वयन गर्न शुरु गरेदेखि नै युनिसेफको मुख्य उद्देश्य कुनै पनि बालबालिका जो सुकै वा जुन कुनै क्षेत्रको भए पनि पछाडि नपरून भन्ने रहि आएको छ ।

त्यसैले विगतका दशकहरूमा, देशैभरि खासगरी सबैभन्दा दुर्गम क्षेत्रहरूका र पहुँच नपुगेका बालबालिका वा परिवारहरूसम्म सेवा पुर्याउन कार्यक्रमको विस्तार गर्दै आइरहेको छ ।

यस प्रदेशमा स्वास्थ्य, पोषण, शिक्षा, बालविवाह, संरक्षणका मुद्दाहरू अझै पनि चिन्ताको विषय बनेका छन् । यहाँको मातृ मृत्युदर राष्ट्रिय औसतभन्दा बढी छ र पुड्कोपनाले बालबालिकाको ठूलो हिस्सालाई प्रभावित गरेको छ । त्यस्तै पूर्व–प्राथमिक भर्ना दर न्यून हुनु तथा उच्च माध्यमिक कक्षाहरूमा विद्यालय छोड्ने दर उच्च रहेको छ । सुरक्षित खानेपानीमा न्यून पहुँच रहेको छ, जसले समुदायको जनस्वास्थ्यमा असर गरेको छ । बालविवाह र लैङ्गिक हिंसाका मुद्दाले महिला तथा बालबालिकाको गुणस्तरीय जीवनमा असर पारिरहेको छ ।

सुर्खेतमा युनिसेफको प्रदेश कार्यालय स्थापना

पक्की पुलको पिल्लर जोखिममा

सुर्खेतमा युनिसेफको प्रदेश कार्यालय स्थापना

राजमार्गको पहिरो रोक्न त्रिपालको सहारा