कर्णाली प्रदेशमै स्वीमिङ्ग पुल भएको पहिलो विद्यालय इगरब्रिज


कर्णाली प्रदेशमै शैक्षिक क्षेत्रका लागि उत्कृष्ट गन्तब्य बनिरहेको इगरब्रिज माध्यमिक विद्यालयले फेरि अर्को उत्कृष्ट गन्तब्यको शुरुवात गरेको छ । उचित शैक्षिक वातावरण, उत्कृष्ट ल्याब र उत्कृष्ट पुस्तकालयपछि इगरब्रिज विद्यालयले उत्कृष्ट स्वीमिङ्ग पुलको शुरुवात गरेको हो ।
करिब ४ महिनादेखि नियमित निर्माण कार्यपछि इगरब्रिज माध्यमिक विद्यालयले विद्यार्थी र शिक्षकका लागि शुक्रबारदेखि स्वीमिङ्ग पुल सञ्चालनमा ल्याएको छ । करिब ९० लाख रुपैयाँ लगानीमा सञ्चालनमा आएको स्वीमिङ्ग पुलमा च्यान्जिङ्ग रुमको समेत व्यवस्था गरिएको विद्यालयका प्रिन्सिपल दिपेन भुसालले जानकारी दिए ।
स्वीमिङ्ग पुलको लम्बाइ १९ मिटर, चौडाइ ८ मिटर र गहिराई साढे ३ फिटदेखि साढे ५ फिटसम्म रहेको छ । साना साना बालबालिकाले पनि स्वीमिङ्ग खेल्न सिकुन् भनेर साढे दुई फिटसम्मको छुट्टै स्वीमिङ्ग पुलको समेत व्यवस्था गरिएको छ । स्वीमिङ्ग पुल सञ्चालन पछि संक्षिप्त प्रतिक्रिया दिँदै विद्यालयका प्रशासन प्रमुख कृष्णा न्यौपाने भुसालले विद्यार्थीले सिक्नै पर्ने सीप मध्ये स्वीमिङ्ग पनि भएकाले विद्यालयले यसको सुरुवात गरेको हो ।
विद्यार्थी केवल शैक्षिक क्षेत्रमा मात्र नभई संस्कार र सीपमा पनि परिपक्व हुनुपर्ने बताउँदै प्रशासन प्रमुख भुसालले विद्यार्थीले पौडी खेल्न जानेमा उसको शारीरिक विकासमा समेत सहयोग पुग्ने बताए । विद्यालयका संस्थापक हेमप्रकाश भुुसालले शैक्षिक क्षेत्रको पूर्ण नाम इगरब्रिज बनाउने उद्देश्य अनुरुप स्वीमिङ्ग पुलको शुरुवात गरिएको बताए ।







