‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ खरायो पालन पदमबहादुर


‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ यो भनाइलाई जुम्लाको चन्दननाथ नगरपालिका –८ रोकायाबाडा गाउँका एक वृद्धले सावित गरेका छन् । नेपालमा गरिखाने बाटो छैन् भन्दै दैनिक लाखौं भन्दा बढी नेपालीहरू हातमा राहदानी बोकेर विदेशिने गर्छन् ।
मासिक ४०÷५० हजार रूपैयाँ कमाउन र गुजारा चलाउनकै लागि खाडीको यात्रा तय गर्ने युवा जनशक्तिको कमी छैन । जिल्ला प्रशासन कार्यालय जुम्लामा राहदानी बनाउन पुग्ने दैनिक करिब ४० युवामध्ये झण्डै ९० प्रतिशत जतिले रोजगारका लागि खाडीमा जाने योजना सुनाउँछन् ।
उनीहरु भन्छन् ‘स्वदेशमा न त कुनै जागिर नै छ । अनि विदेश नहानिएर के गर्नु ? यहाँ बसेर कामै छैन् ।’ तर जिल्लाको चन्दननाथ नगरपालिका –८ रोकायाबाडा गाउँका ५८ वर्षका पदमबहादुर रोकायाले भने,आफ्नो गाउँमै सुरू गरेको रोकाया खरायो पालन उद्योग व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका छन् ।
आफुुले सुरू गरेको उद्यमबाट आफू मात्रै स्वरोजगार भएको दाबी गरे। गाउँका अन्य थुप्रै युवालाई समेत प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रोजगार सिर्जना गर्न सीप सिकाउने काम गरिरहेका छन् । बिहानदेखि बेलुकासम्म निरन्तर आफनो व्यवसायमा व्यस्त रहने रोकाया बेफुर्सदिला छन् । बिहान सबेरै उठेर खरायोलाई घाँस,दाना पानी दिने मलमुत्र संकलनका खोरमै पुग्छन् उनी ।
खरायोका टोपी बुनेर बिक्रीबाट कमाएर नै परिवार पाल्ने, छोराछोरीलाई पढाउने साथै स्थानीय ब्यक्तिहरुलाई समेत जोहो दिँदै आएका छन् । पदमबहादुर १८ वर्षको उमेर देखि टोपी बुन्ने सीप सिकेका थिए । उनका अहिले ९० वटा अङ्गुरा जातका खरायो छन् । उनी भन्छन् आफ्नै गाउँमा केही व्यवसाय सञ्चालन गर्ने र अन्य युवालाई समेत प्रेरणा दिने सोचमा लागेका हुन् । उनले भने, ‘गाउँघरमा रोजगारको बाटो छैन भन्ने र मासिक ४०÷५० हजार कमाइ गर्नकै लागि खाडी जाने युवाहरुको जमात असाध्यै धेरै देखेँ, म आफू त बुढो मान्छे व्यावसायमा लागेको व्यक्ति हुँ । तर गाउँका युवाको विदेश पलायनले मन छोयो र गाउँमै केही गर्न सकिन्छ् । भन्ने उदाहरण दिन पनि मैले यो उद्यम सुरु गरेँ ।’ बाबु बाज्य देखि सामान्य रमाइलोका लागि खरायो पाल्थे, त्यतिबेला महत्त्व बुझिएन्, अहिले थाहा पाइयोे्। सुःख र सजिलो व्यावसाय रहेछ।आजभोलि घरमै पालिका खरायोको ऊनबाट टोपी बुनेर बिक्री गर्न थाले ।
व्यवसायलाई क्रमिक रुपमा विस्तार गर्ने उद्देश्यका अघि बढेका पदमबहादुरले ज्ञान तथा सीपको आवश्यकता महसुस गरी आफ्नै गाउँका युवावर्गलाई सीप हस्तान्तरण गर्ने काम गरिरहेको सुनाउँछन्।उनी बताउँछन् परिश्रम नै सबैभन्दा ठूलो हो र यसले नै मानिसलाई स्वावलम्बी बनाउँछ भन्ने पूर्ण विश्वासको साथ थप सशक्त भई उनले यसलाई नै मुख्य पेशाको रूपमा अँगाल्न सुरू गरे ।
उनले व्यवसाय समेत दर्ता गरी खरायो टोपीहरु जुम्लाको सदरमुकाम खलंगा बजारमा समेत बिक्री गर्न थाले । केही गाउँमै अडर हुन थाले । अहिले माग बढ्दो छ । पु¥याउन गाह्रो छ । उत्पादन जति गर्न सक्यो,बिक्रीवितरण हुन्छ । बजारको कुनै समस्या छैन् । उनले यो सीप बुवाबाट सकेका थिएँ । सीप सिकेर पश्चात् पहिलोपटक २ सय ५० रुपैयाँ टोपी बेच्न सफल भएँ । पछि उनको आत्मविश्वास पनि बढ्यो, गुणस्तरीय टोपी बुनेर बढी खरायो पालेर व्यवसायलाई विस्तार पनि गरे । अहिले टोपी ३ हजार सम्म बिक्री भइरहेको उनले बताए । उनको आम्दानीको स्रोत नै खरायोको टोपी हो ।

एक महिनामा ८ वटा टोपी तयार पार्छन । यसबाट महिनामा न्यूनतम २५ हजार रुपैयाँ कमाउँछन् । रोकायाबाडामा ४ सय ५० भन्दा बढी घर छन् । तीमध्ये आधा घरधुरीमा खरायो पालिएको छ । सबैको घरमा १० देखि ९० वटासम्म खरायो पालिएको छ । गाउँमा हुने शुभ कार्यदेखि सदरमुकाम खलंगामा हुने बिदाइ तथा सम्मानमा पनि खरायोको टोपीको प्रयोग भइरहेको छ । अतिथिका रुपमा जुम्ला पुग्ने सेनाका उच्च अधिकारीदेखि सरकारी स्तरका माथिल्लो तहका सबैलाई खरायोको टोपीले स्वागत गरिन्छ । प्रत्येक तीन महिनामा खरायोको ऊन निकालिन्छ ।
टोपीका लागि कालो र सेतो ऊन भएको खरायो पालिन्छ । खरायो पालनमा लागेपछि किसानको आर्थिक उन्नति भइरहेको पाइन्छ । यही आम्दानीबाट,परिवारका लत्ताकपडा,नुन,तेल,चामल ,छोराछोरीको पढाइ, औषधोपचार खर्च गरेर बचेको पैसा अलि बचत पनि गरेको छुँ । उनले आवश्यकता परेको बेला अरुको मुख ताक्नु परेको छैन् । यसमा म गर्व गर्छु ।
‘जिल्लाका किसानहरुले परम्परागत ढङ्गबाट खरायो पाल्दै आएका छन्, व्यावसायिक तवरको अवधारणा अझै विकास हुन सकेका छैन, युवाहरु जति सबै खाडीमा छन्, यहाँ कृषि कर्म गर्ने जनशक्ति पर्याप्त छैन,’ पदमबहादुरले भने । उत्पादित खरायो टोपीहरूलाई सहज बिक्री वितरणका लागि सदरमुकाम खलंगामा संचालित चन्दननाथ बहुउद्देश्यीय सहकारी संग समन्वय गरिरहेको रोकायाले बताए ।
व्यवसायप्रतिको जिम्मेवारी तथा दिगो व्यवसायका लागि व्यक्तिमा ज्ञान तथा सीपको आवश्यकता हुन्छ् भन्ने राम्ररी बुझेका रोकायाले यो व्यावसायबाट राम्रो आम्दानी बढाउन सफल भएका देखिन्छन् । सीप र काम गर्ने जाँगर भए स्वदेशमै केही गर्न सकिन्छ, घर व्यवहार सम्हालन सक्ने र आफ्नो आवश्यकता टार्न कसैसँग हात फिँजाएर माग्न नपर्ने उनको तर्क छ ।
यता चन्दननाथ बहुउद्देश्यीय सहकारीले यस वर्ष २५ देखि ३० लाख रुपैयाँको टोपी बेचेको सहकारीका मिनिमार्केट म्यानेजर राजु बोहोराले बताए । सबै भन्दा बढी टोपी चन्दननाथ –८ र ९ बाटै आएका हुन्।किसानबाट ३ हजारमा टोपी किनेर ३ हजार ५ सयमा बेच्ने गरिएको बोहोराले जनाए ।’
टोपीको माग सबैतिर छ, तर मागअनुसार पठाउन सकिएको छैन । खरायोको टोपी जुम्ली किसानको पहिचान बनिसकेको छ’, उनले भने । सबैभन्दा बढी काठमाडौं, भैरहवा र नेपालगन्जमा खरायोको टोपीको माग छ । विदेशी पर्यटकले पनि यो टोपी लैजाने गरेका छन् ।






