शौचालयपछि हात धुन बाल्टी र साबुन सहयोगले दंग हुम्लावासी

दुर्गमका बस्तीका स्थानीयवासीलाई बाल्टी र साबुन सहयोग गरिएको छ । सरसफाइअन्तर्गत बिशेष गरि शौचालयको प्रयोगका लागि यी सामाग्री सहयोग गरिएको हो ।

नाम्खा गाउँपालिका–४ को याङ्गार गाउँकी कुटी लामाले बाल्टी, जग र हात धुने साबुन सहयोग प्राप्त भएको बताईन । यो सहयोग बिशेष गरि शौचालयको प्रयोगपछि हात धुने बानी बसाल्नका लागि सहयोग प्राप्त भएको उनको भनाई छ ।

सरसफाई गर्नका लागि सामाग्री पाएपछि त्यसको सहि रुपमा सदुपयोग गर्न आवश्यक रहेको बताउदै उनले शौचालय प्रयोगपछि हात धुने बानी पनि बस्ने बताईन । नाम्खा गाउँपालिकाको सुसा कार्यक्रमका संयोजक दन्त शाहीले ब्यक्तिगत सरसफाईलाई ध्यानमा राखेर स्थानीयलाई बाल्टी, जग र सावुन सहयोग गरिएको बताए ।

उनले वडा नम्बर ४ को याल्वाङ र याङ्गार गाउँका सबै घरधुरीलाई यी सामाग्री सहयोग गरिएको बताए । स्थानीयले शौचालयको निर्माण गरेको भएपनि त्यसको प्रयोग नगर्ने गरेको कारण सरसफाईका लागि सामग्री दिएर त्यसको ब्यवहारिक प्रयोगमा ल्याउन सहयोगी हुने बिस्वास गाउँपालिकाले लिएको छ । ती सामग्रीहरु गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले एक कार्यक्रममा सेवाग्राहीलाई प्रदान गरेका थिए ।

शौचालयपछि हात धुन बाल्टी र साबुन सहयोगले दंग हुम्लावासी

हिउँचितुवाको आक्रमणबाट बालिका घाइते

शौचालयपछि हात धुन बाल्टी र साबुन सहयोगले दंग हुम्लावासी

धनियाँ बिक्री गरेर वार्षिक आठ लाख आम्दानी

This will close in 0 seconds