तरकारी हब बनाउन बीउ सहयोग


जिल्लामा सिङ्गो वडालाई तरकारीको हब बनाउनका लागि किसानलाई तरकारीको बीउ सहयोग गरिएको छ । व्यावसायिक तरकारी खेती गरेर आम्दानीको स्रोत बनाउनका लागि बीउ सहयोग गरिएको हो ।

खार्पुनाथ गाउँपालिका– ५ का भ्याल बुमीले तरकारीको बीउ निःशुल्क पाएको बताए । गत वर्षबाट व्यावसायिक तरकारी खेतीमा लागेका बुमीले यसवर्ष पनि चार रोपनी जग्गामा तरकारी खेती गर्ने तयारी गरेका छन् ।
उनले यसका लागि वडाले बीउ उपलब्ध गराएर सहयोग गरेको बताउँदै यसबाट थप व्यावसायिक तरकारी खेती गर्न हौसला मिलेको औंल्याए ।

वडा अध्यक्ष भरतजंग शाहीले वडालाई नै तरकारीको हब बनाउनका लागि बीउ सहयोग गरिएको जानकारी दिए । उनले तरकारी खेतीबाट स्थानीयको स्वास्थ्यमा सुधार ल्याउन र तरकारी बिक्रीबाट आम्दानी बढाउने रहेको बताए । वडाको आर्थिक सहयोगमा काउली, बन्दा, साग, टमाटर, गाँजर, प्याज, धनियाँ, खुर्सानीलगायत १० प्रकारका बीउ किसानलाई उपलब्ध गराइएको छ ।

वडाका नौ वटा बस्तीमा पुगेर वडा अध्यक्ष शाहीको उपस्थितिमा उक्त बीउ सहयोग गरिएको हो । यसका लागि वडामा साढे दुई लाख बजेट खर्च गरेको छ । सो वडामा ३ सय ५० घरधुरी छन् ।

तरकारी हब बनाउन बीउ सहयोग

लिमीका बालबालिकालाई लगाइयो दादुरा रुबेलाविरुद्धको खोप

तरकारी हब बनाउन बीउ सहयोग

शारदा मेयर टि २० कप क्रिकेट प्रतियोगिता

This will close in 0 seconds