तल्लो डुङ्गेश्वर– पालेतडा सडक जीर्ण


कर्णाली राजमार्गअन्तर्गत दैलेखको तल्लो डुङ्गेश्वरदेखि पालेतडासम्मको सडकखण्ड जीर्ण भएको छ । नियमित रूपमा सवारी साधन सञ्चालन हुने जीर्ण सडकमा दुर्घटनाको जोखिम बढेको छ ।
यो सडकमा दैनिक गाडी चलाउँदै आएका रमेश शाही सडकका खाल्डा तत्काल पुर्नुपर्नेमा जोड दिँदै अविलम्ब मर्मतसम्भारका निम्ति सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए । बाङ्गेसिमलदेखि दहीखोलाको बीच भाग डुङ्गेश्वर–पालेतडासम्मको झण्डै ३० किलोमिटर सडक तत्काल मर्मत गर्नुपर्ने उनले बताए ।
जीर्ण सडक मर्मतबारे रासस प्रतिनिधिको जिज्ञासामा सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर टोप नारायण पौडेलले अनुसार उक्त खण्डको लागि चालु आर्थिक वर्षमा उक्त सडकको स्तरोन्नति गर्न बजेट नभएको जानकारी दिए ।






