वडा र स्थानीय युवाहरूको सहयोगमा पराजुलमा वन्यो खेल मैदान


सल्यानको बनगाड कुपिन्डे नगरपालिका –१० पराजुल टोलमा खेलकुद मैदान निर्माणकार्य सम्पन्न भएको छ । वर्षौ पहिले देखि नै अथक कोसिस गर्दा पनि भौगोलिक विकटताकै कारण एउटा राम्रो भलिबल फिल्ड सम्म निर्माण हुन सकेको थिएन । फिल्ड नहुदा खेल खेल्न स्थानीय खेलाडीलाई सकस थियोे । विकट वस्ति भिरालो जमिनमा खेलकुद मैदान वनाउने कुरा निकै चुनौतीपूर्ण रहेको थियोे ।

तर पनि वडा र अन्य सहयोगी दाताहरुको सहयोगमा अन्ततोगत्वा खेलकुद मैदान वनेको वडा अध्यक्ष मोतिलाल घर्तीको भनाइ रहेको छ । यो पटक वडाको केही थोरै बजेट र सहयोगबाट उठेको रकमले जसोतसो फिल्ड निर्माणको काम सम्पन्न भएको छ । व्यक्तिगत सहयोग उठाएर भएपनि फिल्डको छेउमा जालि लगाएर यसलाई थप व्यवस्थित गर्नु पर्छ भन्ने जुन सोचले पराजुल टोलका यूवाहरुले एक ढिक्का भएर उक्त प्रसंसनिय काम भएको छ ।

कोरिया,मलेसिया कतारमा रहेका युवाहरुको ठुलो सहयोगमा फिल्ड निर्माणकार्यले सार्थकता पाएको कोरियामा रहेका वडा नं १० का स्थानीय युवा पृथ्वी मगरले जानकारी दिए । वडाको २ लाख र सहयोगी दाताहरुबाट उठेको एक लाख ८४ हजारबाट फिल्ड निर्माण र फिल्ड घेरबारको कामले सार्थकता पाएको छ ।

सहयोगी दाताहरुको आफ्न्तलाइ वडाले एक कार्यक्रमका विच सम्मान गरेको छ । जनशक्ति युवा कल्वका अध्यक्ष खल प्रसाद पुनका स्वदेश तथा विदेशमा रहने दाजुभाइको ठुलो सहयोगमा वडामा फिल्ड निर्माणकार्य सम्पन्न भएको जनाए ।

फिल्ड निर्माणका लागि पृथ्वि मगरले १० हजार, विकास पुनले १० हजार, दुर्गेश पुनले १० हजार ३ सय ६०, सर्वजित बुढाले १४ हजार, ईन्द्र पुनले १० हजार एक सय, नबिन पुनले १० हजार पाँच, प्रेम पुनले १० हजार, बलबिर पुनले १० हजार, सङ्कर पुन मगरले ५ हजार १ सय ८१, मनोज बुढाले ११ हजार १५, तिलक पुन मगरले १० हजार ५ सय, बिकास पुन मगरले १० हजार पाँच, हरि पुन मगरले १० हजार आठ, तुफान पुनले ५ हजार पाँच, ब.कु.न. पा .कमप्युटर अप्रेटर दिलु थापाले १ हजार एक, महेन्द्र पुनले १५ सय, मान बहादुर पुनले १५ हजार, बल्दिप घर्तीले ५ हजार ७ सय, रामु बिरही केसिले २ हजार १० सय पाँच, कमल थापाले १ हजार ५ सय ५, दुर्गा रोका मगरले १ हजार १ सय ५, तिलक वलि १ हजार १०, खली पुन मगरले ५ हजार ५ सय ५५, डमर पुन मगरले ५ हजार ५०, टोपेन्द्र पुन मगरले १ हजार १०, दिपक पुनले १ हजार ५ सय २०, धने पुनले १ हजार २०, र नरेश पुनले ५ हजार १० रुपैयाँ सहयोग गरेका छन् ।

वडा र स्थानीय युवाहरूको सहयोगमा पराजुलमा वन्यो खेल मैदान

खाद्यान्न र नुनमा अनुदान दिई कर्णालीवासीलाई अल्छी

वडा र स्थानीय युवाहरूको सहयोगमा पराजुलमा वन्यो खेल मैदान

जुम्लामा मोतिया विन्दुको शल्यक्रियाका लागि ४१ औं