पानीमा डुबेर एक जनाको ज्यान गयो

खोलामा नुहाउन गएका एक युवकको पानीमा डुबेर ज्यान गएको छ । भैरबी गाउँपालिका–३ सालपानीका १९ वर्षीय ज्ञानबहादुर बिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिए ।

भैरबी गाउँपालिका–२ छामघाट खोलाको हतर्के घाटमा नुहाउने क्रममा पानीमा डुबेर ज्यान गएको भन्ने सूचनाका आधारमा प्रहरीले मृतक शव खोलाबाट निकाली पोष्टमार्टमका लागि दुल्लू अस्पताल पु¥याइएको भैरबी गाउँपालिका–३ की वडा सदस्य कल्पना बिकले बताए ।

भैरबी गाउँपालिका–३ सालपानीका गगनबहादुर बिक र बुद्धिसरा बिकको ज्येष्ठ सन्तान ज्ञानबहादुरलाई गुमाइ सकेपछि अब ११ वर्षीया गुडिया, ९ वर्षकी सीता र कान्छो छोरा ८ वर्षको भूपेन्द्र जन्मजात अपाङ्ग छन् । ज्ञानबहादुरले ६ महिना अघि विवाह गरेका थिए ।

पानीमा डुबेर एक जनाको ज्यान गयो

एमाले रुकुम पश्चिमको अधिवेशनको तयारी पूरा

पानीमा डुबेर एक जनाको ज्यान गयो

हुम्लामा पोषणयुक्त चामल