फागुन १४ गते सुनथराली विमानस्थलको परीक्षण उडान

कालिकोटको सुनथराली विमानस्थलको फागुन १४ गते परीक्षण उडान हुने भएको छ । झन्डै ३८ वर्षदेखि निर्माण सुरु भएको कालिकोटको एक मात्र सुनथराली विमानस्थल यही फागुन १४ गते उद्घाटन हुने भएको छ । यो विमानस्थल निर्माण कार्य २०७९ साल माघ ११ गते सम्पन्न भएको थियो ।

निर्माण पूरा भएको डेढ वर्षमा उद्घाटनको मिति तीन पटक तय गरिएको थियो । तीनै पटक उद्घाटनको भाका नाघेपछि चौथो पटक यही १४ गते उद्घाटन हुन लागेको नरहरिनाथ गाउँपालिकाका प्रवक्ता प्रदिप बोहोराले जानकारी दिएका छन् ।

उनका अनुसार फागुन १४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातिद्वारा विमानस्थल परीक्षण उद्घाटन गर्ने कार्यक्रम छ । यसका लागि नागरिक उड्डयन प्राधिकरणले नरहरिनाथ गाउँपालिकाको कार्यालयलाई सूचना पठाइसकेको जानकारी दिइएको छ ।

कालिकोटको सुनथरालीमा २०४२ सालदेखि विमानस्थल निर्माणको योजना सुरु भएको हो । स्थानीय नागरिकको पहलमा त्यतिबेला तत्कालीन जिल्ला विकास समिति कालीकोटले एक लाख रकम विनियोजन गरेर विमानस्थल निर्माणको काम सुरु गरिएको थियो ।

फागुन १४ गते सुनथराली विमानस्थलको परीक्षण उडान

फागुन १८ गते रास्वपा सभापति लामिछाने जुम्ला

फागुन १४ गते सुनथराली विमानस्थलको परीक्षण उडान

YUGAAWHAN NATIONAL DAILY (2080-11-11)