हावाहुरीले दुई दिनयता हुम्लाको हवाई सेवा अवरुद्ध


दुई दिनदेखि लगातार लागेको हावाहुरीले हिमाली जिल्ला हुम्लाको हवाई सेवा अवरुद्ध भएको छ । विमानस्थल रहेको सिमकोट क्षेत्रमा बिहीबार बिहानैबाट लागेको हावाहुरीले हवाई सेवा अवरुद्ध भएको हो ।

सिमकोट विमानस्थलका एयरट्राफिक कन्ट्रोलर निसान झाले विमानस्थल क्षेत्रमा लगातार हावाहुरी चलेको कारण हवाई सेवा अवरुद्ध रहेको बताउनुभयो। झाका अनुसार बिहीबार भन्दा शुक्रबार हावाको चाप घटेको छ ।

उडान अवरुद्ध भएपछि नेपालगञ्जबाट तारा र समिट एयरले सबै उडान रद्ध गरेका छन्। यसको मारमा यात्रु परेका छन् ।

हावाहुरीले दुई दिनयता हुम्लाको हवाई सेवा अवरुद्ध

अरोबौ खर्च, बनेन सेरीपान्तडी सडक

हावाहुरीले दुई दिनयता हुम्लाको हवाई सेवा अवरुद्ध

‘सुर्खेतबाट छिट्टै रात्रीकालिन उडान हुन्छ’