अरोबौ खर्च, बनेन सेरीपान्तडी सडक


२८ वर्ष वितिसक्दा पनी सेरीपान्तडी सडक निर्माण हुन सकि रहेको छैन । २०५२ साल भदौ १ गते उद्घाटन गरिएको सेरीपान्तडी सडक अहिले सम्म निर्माणाधिन अवस्थामै छ । २०५२ सालमा नेपाली सेनाको कार्यदललाई सडक खन्ने कामको जिम्मा दिइएको थियो ।

सामान्य रुपमा सडक खनेपनी कुनै नागरिक हिड्न सम्म नसकिने सडक खनियो । २०५२ सालमा २ अरब ५० लाखमा नेपाली सेनाको कार्यदललाई सडक निर्माणको काम दिइयो । सडक निर्माणको काम हुदै गर्दा २०५९ सालमा राजा ज्ञानेन्द्र विरबिक्रम शाले सडकको अनुगमन गरे । अनुगमन पश्चात सडकको लागि विनियोजन भएको रकम सकिए लगत्तै सडक निर्माणको काम पनी ठप्प भयो ।

पुनः २०७४ सालमा उक्त सडक निर्माणका लागि पहलकदमी थालियो । शुभकालिका गाउँपालिकाका प्रथम अध्यक्ष खडानन्द चौलागाई र प्रदेश सभा सदस्य माननिय कुर्मराज शाहीको विशेष पहलमा प्रदेश सरकारको ६५ करोड रकम उक्त सेरीपान्तडी सडकलाई दिइयो । आधाउधि काम समेत भयो तर काम सम्पन्न हुन भने सकेन ।

सडक निर्माणको काम अधुरै रहेपछी पुन कर्णाली प्रदेश सरकारका तत्कालिन भुमि व्यवस्था तर कृषि सहकारी मन्त्री कुर्मराज शाहीको पहलमा कर्णाली प्रदेश सरकारबाट ४४ करोड रकम सेरीपान्तडी सडकलाई विनियोजन गरियो । तर हाल सम्म सडक निर्माणको काम भइरहेपनी भौगोलिक विकटताका कारण सडक निर्माणमा जटिलता आयो ।
विभिन्न मितिमा ठेक्का गर्दै काम गर्न लागेको २८ वर्षसम्म सडक पूरा नहुँदा सेरी पान्तडी सडकको निर्माणमा ढिलाई भइरहेको छ ।

२०५२ सालबाट निर्माण थालिएको खाँडाचक्र नगरपालिकाको सेरी घाटदेखि महावैको पान्तडी सम्मको २३ किलोमिटर सडकको हालसम्म १० किलोमिटर सडकको ट्रयाक खोल्ने काम मात्र भएको छ । सेरी पान्तडी सडक निर्माण कार्य ढिलासुस्ती हुँदा शुभकालिकाको सुकाटिया, राराकाटिया, महावैको गेला, पाद्मघाट, तिलागुफा लगाएत क्षेत्रका नागरिकले दैनिक दुःख भोक्नु परेको छ ।

शुभकालिका गाउँपालिका निवर्तमान अध्यक्ष खडानन्द्र चौलागाईँले मान्म जोडने सडक निर्माण हुनुभन्दा पहिला २०५२ सालमा सर्भे गरी सेरीघाटदेखि जुम्ला सडक नाम राखि ५२ सालबाट नेपाली सेनाले कामसुरु गरेको बताए । उनले पछि मान्मबाट सडक खन्ने काम हुँदा त्यो सडक अलपत्र परेको बताए ।

शुभकालिका गाउँपालिकाले पनि यो सडक निर्माण गर्दा अहिले सम्म अरोबौ रकम खर्च भएको शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्द्र प्रसाद आचार्यले बताए ।

सर्मिला कन्ट्रक्सन दैलेखले हाल सडक निर्माणको जिम्मा लिएको छ । प्यासिफिक कर्ण कन्ट्रक्सले सडक निर्माणका लागि पेटी सडकको जिम्मा दिएको इञ्जिनियर अर्जुन गौतमले जानकारी दिए । उनका अनुसार सेरीदेखि पान्तडी सडक खण्डको १३ किलोमिटर ट्रयाक खोल्ने जिम्मा आफूले पाएको बताएका छन् । इन्जिनियर गौतमका अनुसार आफ्नो कर्ण कन्ट्रक्सनले ३ लाख घनमिटर मोटो,१ लाख घनमिटर कडा चट्याङ, १५ हजार जालीको काम गर्नुपर्ने बताए ।

१० हजार जालीको काम सम्पन्न भएको र हाल सम्म जम्मा १० किलोमिटर सडक निर्माणका लागि ट्रायाक खुल्ला गरिएको गौतममले बताएका छन् । कम्पनीले काम छिटो गर्ने लक्ष राखेपनी बर्षमा ५ करोड भन्दा बढिको काम गर्न नदिएकाले सडक निर्माणमा ढिलाई भएको उनले बताए ।
सेरीपान्तडी सडक निर्माणका लागि सडक खन्ने ठाउँमा स्थानीयबासीको जग्गा परेपछी विवाद हुने गरेको छ । तर स्थानीय सरकारका जनप्रतिनिधीको पहलमा स्थानीय बासीलाई सम्झाई बुझाई गर्ने काम गरेपछी नागरिकले सडक खन्न दिएको शुभकालिका गाउँपालिका उपाध्यक्ष धर्मकला शाहीले बताईन् । उपाध्यक्ष शाहीले सडक निर्माणका लागि स्थानीय सरकारले पहलकदमी चालिरहेको र माथिल्लो निकायमा पनी कुरा राखेको बताएकी छन् ।

अरोबौ खर्च, बनेन सेरीपान्तडी सडक

मानव सेवा आश्रम सुर्खेतले आमा सेमिनार गर्दै

अरोबौ खर्च, बनेन सेरीपान्तडी सडक

हावाहुरीले दुई दिनयता हुम्लाको हवाई सेवा अवरुद्ध