साना लक्षित नमुना कृषि अभ्यासबारे सरोकारवालासँग छलफल


खाद्य अधिकारको स्थानीकरण, पर्यावरणीय कृषि एंव साना लक्षित नमुना कृषि अभ्यासबारे सरोकारवालासँग छलफल भएको छ ।
राष्ट्रिय कृषक समुह महासंघ नेपाल र भिएसओ नेपालको सहकार्य एसिएचभिई परियोजना अन्तरगत राष्ट्रिय कृषक समुह महासंघ र फियान नेपालको आयोजनामा छलफल भएको हो ।
कृषि अभ्यासबारे सरोकारवालाको भुमिका विषयक प्रदेशस्तरिय संम्बाद कार्यक्रमको अध्यक्षता राष्ट्रिय कृषक समुह महासंघ नेपालका कर्णाली प्रदेश अध्यक्ष सन्तबहादुर केसि रहेका थिए ।
उक्त कार्यक्रममा भुमि व्यवस्था तथा सहकारी कृषि मन्त्रालयका निमित्त सचिव राजु भुजुले मन्त्रालय साना किसानका हक, अधिकारका निमित्त सधै अग्रसर रहेको बताए । साथै उनले राष्ट्रिय कृषक समुह महासंघ नेपालको लागि मन्त्रालय सहकार्यमा सधै तत्परता रहिरहने सचिव राजु भुजुले बताए ।
यसैगरी लेखवेशी नगरपालिकाका उपप्रमुख विमला खड्काले लेकवेशी नगरपालिकामा वर्गिकरण सहितको किसान परिचयपत्र वितरण कार्य अन्तिम चरणमा रहेको र परिचयपत्र वितरण पछि किसानलाई कृषिमा पाउने सुविधाहरुमा सजिलो हुने उनको भनाई छ ।







