२०८२ फाल्गुन ५ गते
×

Now Playing

चिसो छल्न तातोपानी

चिसो बढेसँगै तातोपानी गाउँपालिका–२ जर्मीस्थित तातोपानी धारामा नुहाउन आउने बढ्न थालेका छन् । कालीकोट, मुगु, डोल्पा, जाजरकोट, सुर्खेत दैलेखबाट स्थानीय तातोपानी धारामा नुहाउन आउने क्रम बढेको हो ।

मंसिर लागेसँगै तातोपानी धारामा धेरैको संख्यामा मानिस आइरहेको स्थानीय भैरव कार्कीले बताए । तातोपानी पर्यटन विकास केन्द्रले शुल्क लिएर नुहाउन दिने गरेको छ । अन्य महिना फाट्टफुट्ट आउछन्,तर मंसिरको दोस्रो सातादेखि नै कुण्डमा नुहाउन आउनेको भीड हुन्छ। जसका लागि जिल्लावासीलाई ३० रुपैयाँ र बाहिरकालाई ४० रुपैयाँ तोकिएको छ ।

अहिले दिनमै तीन सयदेखि चार सय जनासम्मले नुहाइरहेको केन्द्रको तथ्यांक छ । केन्द्रले महिला र पुरुषका लागि छुट्टाछुट्टै धारा बनाएको छ । नुहाउन आउनेहरूको सामान सुरक्षा गर्न लकरको व्यवस्था छ। स्थानीय रामकृष्ण न्यौपानेका अनुसार धेरैजसो चर्मरोग र शरीर दुखाइ निको हुने आशामा आउने गरेका छन्।यौपानेका अनुसार कर्णाली राजमार्ग हुँदै मुगुको राराताल पुग्ने अधिकांश आन्तरिक तथा बाह्य पर्यटक तातोपानी नुहाएर फर्कन्छन् ।

समुद्र सतहदेखि दुई हजार ६ सय मिटरको उचाइमा रहेको तातोपानी धारा जुम्लाको सदरमुकाम खलंगाबाट झन्डै आठ कोष पश्चिममा पर्छ । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले पालिकाको प्रमुख पर्यटकीय गन्तव्य बनाउन धारा व्यवस्थापनमा जोड दिइएको बताए ।सौख, मनोरञ्जन र विभिन्न रोग सन्चो गराउन मानिसहरू तातोपानीमा नुहाउन आउँछन्।

तातोपानीको पोखरीमा ४र५ घण्टा डुबुल्की मारेर नुहाउँदा छालामा घाउ खटिरा आउने, पेटका रोगहरू निको हुने तथा हाडजोर्नी दुख्नेजस्ता समस्या हटेर जाने गरेको जनविश्वास छ ।यहाँ स्नान गरे बाथ रोग, छाला चिलाउने, अनुहारको चाया पोतो पेटसम्बन्धी रोग निको हुने जनश्रूति छ।सामान्य बिरामी, शरीर दुख्ने, टाउको दुख्ने शरीरका गाँठागुठी दुख्ने बिराम लागे स्नान गरेमा निको हुने स्थानीय बताउँछन्।

सिंजा गाउँपालिका-५ की ५६ वर्ष कालिकला शाहीलाई ढाड र खुट्टाको जोर्नी दुख्ने समस्या थियो । यहाँको तातोपानी धारामा नुहाउँन थालेदेखि सन्चो भएको उनी बताउँछिन् । उनी जस्तैं तातोपानी धारामा नुहाएर विभिन्न समस्या ठिक भएको बताउँने धेरै भेटिन्छन् । यही करण चिसो बढेसँगै तातोपानी  धारामा नुहाउनेको संख्या ह्वात्तै बढेको छ ।

चिसो छल्न तातोपानी

YUGAAWHAN NATIONAL DAILY (2080-09-11)

चिसो छल्न तातोपानी

ज्येष्ठ नागरिक दिवसको अवसरमा न्यानो कम्बलले सम्मान