ताक्ची खोलामा झोलुङ्गेपुल निर्माणपछि नागरिकलाई सहज

नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका स्थानीयले ताक्ची खोला तर्नुपर्ने बाध्यता हटेको छ । उक्त खोलाको तुम्लीङमा नयाँ झोलुङ्गे पुल निर्माण भएर सञ्चालनमा आएपछि उक्त बाध्यता हटेको हो ।

लिमीका वडाध्यक्ष पाल्जोर तामाङले तुम्लिङमा नयाँ झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा आएपछि स्थानीयलाई ताक्ची खोला तर्नु पर्ने बाध्यता हटेको बताए । सो पुल निर्माण नहुँदा यसअघि लिमीका बासिन्दाहरूले पाँच जना भन्दा बढी मानिस मिलेर हात समातेर खोला तर्ने गर्दै आएका थिए ।

उनले लिमीवासीलाई खोला तर्नुपर्ने बाध्यता मात्र नहटेर दुई घण्टा बाटो छोटिएको बताए । बर्खा याममा त उक्त खोला तर्न नसकिने भएको कारण लिमीका स्थानीयले एक दिन बाटो हिँडेर लिमी आउजाउ गर्नुपर्ने बाध्यता हटेको छ । त्यसैगरि लिमीका पशुवस्तुलाई चरनका लागि सो खोला तर्नुपर्ने बाध्यता पनि हटेको छ । सो खोलामा पुल नहुँदा हालसम्म लिमी पच्चीसभन्दा बढी गाईवस्तुलाई खोलाले बगाएको उनले बताए । उनले पुल बनेपछि लिमीवासीको वर्षौँ देखिको माग समेत पूरा भएको छ ।

सस्पेन्सन ब्रिज डिभिजन ललितपुरले २०७८ सालमा निर्माण कार्य सुरु गरेर २०८१ असार मसान्तमा सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरेको थियो । एक सय २२ मिटर लामो उक्त पुल निर्माणका लागि सामाग्री ढुवानी गरेर लैजान निर्माण कम्पनीलाई लामो समय लागेको थियो । उनले निर्माण सामग्री ढुवानी गरेर निर्माण स्थलमा पु¥याएपछि चार महिनामा पुलको निर्माण कार्य पुरा भएको बताए । उक्त झोलुङ्गे पुल निर्माणका लागि डिभिजनले भ्याटबाहेक दुई करोड बजेट लगानी गरेको हो ।

ताक्ची खोलामा झोलुङ्गेपुल निर्माणपछि नागरिकलाई सहज

नवराजका बुवा धन्यवाद दिन काठमाडौंमा

ताक्ची खोलामा झोलुङ्गेपुल निर्माणपछि नागरिकलाई सहज

बिल नभएको अवैध सामान बरामद

This will close in 0 seconds