समाज नै मानसिक स्वास्थ्यको जोखिममा


नेपाल रेडक्रस सोसाइटीले जाजरकोट भूकम्पपछि विपद्मा केन्द्रित हुँदा समाज नै मानसिक स्वास्थ्यको जोखिममा रहेको बताएको छ । नेपाल रेडक्रस सोसाइटी र रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) ले जाजरकोट भूकम्प प्रतिकार्यका सम्बन्धमा काठमाडौंमा आयोजना गरेको एक सम्मेलनमा यस्तो बताइएको हो ।

नेपाल रेडक्रस सोसाइटीद्वारा जाजरकोट भूकम्पबाट प्रभावितहरूका लागि गत एक महिनामा गरिएका प्रतिकार्यका गतिविधिहरू, स्रोतको अवस्था र आवश्यकता, चुनौतीहरू र भावी कार्य योजनाहरूका बारेमा जानकारी गराउने उद्देश्यले उक्त सम्मेलन गरिएको थियो ।

उक्त सम्मेलनमा आईएफआरसीका नेपाल प्रमुख अजमद् उल्लाले भूकम्प प्रभावित क्षेत्रहरूमा अन्य सहयोगका साथै मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोग अझ महत्त्वपूर्ण रहेको बताए ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्रा. सुदर्शनप्रसाद नेपालले सरकारको सहयोगी निकायको रूपमा भूकम्प प्रभावित समुदायलाई निष्पक्ष, तटस्थ र पारदर्शी रूपमा सेवा पु¥याउन रेडक्रस तत्पर रहेको बताउँदै भूकम्प प्रतिकार्य कार्यक्रमलाई प्रभावकारी बनाउन सञ्चार माध्यमको सहयोग महत्त्वपूर्ण रहेको बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापन विभागका निर्देशक सागर श्रेष्ठले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पपश्चात् रेडक्रसले गरेका गतिविधिहरूका बारेमा प्रस्तुतीकरण गर्दै हालसम्म प्रभावित परिवारहरूलाई तीन हजार नौं सय ७० थान त्रिपाल, दुई हजार सात सय ८० थान कम्बल, दुई हजार आठ सय थान म्याट्रेस, सात हजार चार सय १५ थान डिगनिटी कीट र एक सय ३२ थान हाइजीन कीट वितरण गरिएको जानकारी दिए ।

यस्तै, भूकम्प प्रभावित जिल्लाहरूमा खोज तथा उद्धार, राहत, विस्तृत लेखाजोखाको सर्भेक्षणलगायतका कार्यका लागि नेपाल रेडक्रसका तीन सय ९० स्वयंसेवक परिचालन गरिएको पनि उनले बताए । यसै गरी, भूकम्प प्रभावित क्षेत्रका बालबालिकामा देखिएका मानसिक स्वास्थ्य समाधानका लागि रेडक्रसले काम गरिरहेको निर्देशक श्रेष्ठले जानकारी दिए ।

समाज नै मानसिक स्वास्थ्यको जोखिममा

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा

समाज नै मानसिक स्वास्थ्यको जोखिममा

ओलीलाई ९ वर्षिय बालकको चिठ्ठी : रोजगारीका