यू १९ एशिया कपः नेपालको पहिलो प्रतिद्वन्द्वी पाकिस्तान


यू १९ एशिया कपमा नेपालले पहिलो खेल पाकिस्तानसँग खल्ने भएको छ ।

एशियन क्रिकेट काउन्सिल (एसीसी)ले बुधवार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने पक्का भएको हो ।

खेल आईसीसी एकेडेमीमा ८ डिसेम्बरमा हुने छ । नेपाल रहेको समूह ‘ए’मा पाकिस्तानसँगै अफगानिस्तान र भारत पनि छन् ।

नेपालले दोस्रो खेल १० डिसेम्बरमा अफगानिस्तानसँग खेल्ने छ । यस्तै, समूह चरणको अन्तिम खेल १२ डिसेम्बरमा साबिक विजेता भारतसँग खेल्ने छ ।

एसीसीले सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । हरेक समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा पुग्ने छन् ।

यू १९ एशिया कपः नेपालको पहिलो प्रतिद्वन्द्वी पाकिस्तान

उपचाररत भूकम्पका घाइते डिस्चार्ज हुँदै

This will close in 0 seconds