जाजरकाेटका एक बालक पैसा नहुँदा भल्ब फेर्न समस्यामा

जाजरकोटका एक बालकको आर्थिक अभाव हुँदा उपचारमा समस्या देखिएको छ । घरको आर्थिक अवस्था कमजोर भएपछि भेरी नगरपालिका–३, तल्लो थाप्ले सुकुमवासी बस्तीका १३ वर्षीय गणेश विकको उपचारमा आर्थिक अभावका कारण समस्या भएको हो ।
मुटुको भल्ब परिवर्तन गर्न नसक्दा विकको स्वास्थ अवस्स्था गम्भीर बन्दै गएको छ । उपचार गर्न काठमाडौँ लानलाई गणेशका बुबाआमाले पैसाको जो हो गर्न सकिरहेका छैनन् । चार वर्षदेखि तल्लो थाप्ले को सुकुमवासी बस्तीमा बस्दै आएका गणेश मुटुको राेगले थलिएपछि उनीकाे कक्षा-७ को पढाइ छोडे जस्तै भएको छ । नियमित रूपमा विद्यालय जाने आउने गरका गणेश वर्षे बिदापछि एक दिन पनि स्कुल जान सकेका छैनन् ।
हात, खुट्टाका जोर्नीहरू दुख्ने , श्वास फेर्न गाह्रो हुने गरेको दुई वर्ष पहिलादेखि सुरु भएको गणेशका बुबा दीपकको भनाइ छ । गणेशको बुबा दीपक तिरुवाको मूल पेसा दैनिक ज्याला, मजदुरी गरेर कमाएको पैसाले रासन किने र घर परिवारको साँझ बिहानको छाक टार्नुनै मुस्किल रहेको छ ।
मुटु राेग सम्बन्धीको बिरामी छोरालाई लिएर उपचारका लागि आफू सुर्खेत, नेपालगन्जका प्रायः अस्पतालमा पुगिसके को आमा सिताले दुःखे सो पोखिन । प्रदेश अस्पताल कालागाउँ र नेपालगन्ज भेरी अस्पतालका चिकित्सकले गणेशको मुटुमा १० एमएलको प्वाल भएको र सो प्वाल टाल्नलाई काठमाडौँ स्थित गङ्गालाल अस्पतालमा लै जान सल्लाह दिएको सीताले बताइन ।
![]()






