रक्षामन्त्री खड्काद्वारा ट्राफिक सचेतना सप्ताह अभियानको शुभारम्भ

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णालीमा ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह’को शुभारम्भ गरेका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, सुर्खेतद्वारा बुधवार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका विच रक्षामन्त्री खड्काले सचेतना सप्ताहको उद्घाटन गरेका हुन् ।
कर्णालीमा सडक सुरक्षाका लागि ट्राफिक सचेतनाको अभावश्यक रहेको बताउँदै खड्काले सबै नागरिकलाई ट्राफिक नियमको पालना गर्न अनुरोध गरे । शुभारम्भ कार्यक्रममा बोल्दै उनले विद्यार्थीहरुलाई अभियान्ता बनाएर ट्राफिक सचेतना फैलाउने प्रहरीको अभियान प्रशंसनिय रहेको बताए ।





