एमाले कर्णाली जारी मतदानमा अहिलेसम्म तीन सय १० मत खस्यो, सदस्यमा ४४ जना उम्मेदवार निर्विरोध


सुर्खेत ।
नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा अहिलेसम्म तीन सय १० मत खसेको छ । आइतबार वीरेन्द्रनगरमा जारी ५ः२० मिनेटसम्ममा उक्त मत खसेको हो ।
दिउँसो साढे १ बजेदेखि मतदान सुरु भएको थियो । अलिहे मदतदान तिब्र रुपमा भइरहेको र मतदान स्थल पनि बढाइएको प्रमुख निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए । उनकाअनुसार अहिले २१ वटा मतदान स्थलबाट मतदान भइरहेको छ । उनले ८ बजेसम्म मतदान सकिसक्ने बताएका छन् ।

यस्तै नेकपा एमाले कर्णाली प्रदेशको सदस्यमा ४४ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । प्रदेश अधिवेशन निर्वाचन कमिटीले सार्वजनिक गरेको उम्मेदवारहरुको अन्तिम नामावली एमाले कर्णाली प्रदेश कमिटी सदस्यमा ४४ जना निर्विरोध निर्वाचित भएका हुन्।
निर्वाचनका लागि तोकिएको कोटा भन्दा धेरै उम्मेदवारी नपरेको र केहीले उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि ४४ जना प्रदेश कमिटी सदस्यमा निर्विरोध निर्वाचित भएका हुन्। निर्विरोध निर्वाचित हुनेमा जुम्ला प्रदेशसभा (क) बाट धनकृष्ण पाण्डे र भिमबहादुर थापा, जुम्ला प्रदेशसभा (ख) बाट दुई जना खुला सदस्य पुरुषमा जयबहादुर खत्री, नन्दराम रोकाय र जुम्ला प्रदेशसभा (ख)बाट एक जना महिला सदस्यमा चुक्की शाही गरी पाँच जना छन् ।
यस्तै, हुम्ला भूगोलतर्फ प्रदेशसभा (ख) दुई जना पुरुष सदस्यमा जयबहादुर शाही र मंगल लामा, प्रदेशसभा ९ख० एक जना महिलातर्फ रुपा शाही ३ जना प्रदेश कमिटी सदस्यमा निर्वाचित भएकी छन्।
डोल्पा जिल्ला भूगालेतर्फ प्रदेशसभा (क) मा दुई जना पुरुष सदस्यमा पूर्णबहादुर डाँगी र विष्णुबहादुर रोकाया, महिला सदस्यमा पासाङ लामु रोकाय (बुढा) र प्रदेशसभा (ख) दुई जना पुरुषतर्फ धनचन्द्र बैजी, विश्वचन्द्र डसाल र एक जना महिला सदस्यतर्फ चन्द्रा कुमारी बुढा गरी ६ जना सदस्या प्रदेश कमितटीमा निर्विरोध निर्वाचित भएका छन्।
यस्तै, मुगु जिल्ला भूगोलबाट प्रेदशसभा (क) मा दुई जना पुरुषतर्फ डबलबहादुर रोकाय, सोनाम छिरिंग लामा, एक जना महिला सदस्यतर्फ सुन्तला बुढा र प्रदेशसभा (ख) दुई जना पुरुषतर्फ कर्णबहादुर मल्ल, राजबहादुर कार्की र एक जना महिलातर्फ राज्यलक्ष्मी मल्ल गरी ६ जना प्रदेश कमिटी सदस्यमा निर्विरोध निर्वाचित भएका छन्।
सुर्खेत जिल्लाको प्रदेशसभा भुगोलतर्फ प्रदेशसभा निर्वाचन क्षेत्र–१(क) मा दुई जना पुरुषतर्फ पूर्णबहादुर शाही, मानबहादुर खत्री र एक जना महिलातर्फ दीपा चन्द, प्रदेशसभा–१(ख) एक जना महिलातर्फ हरीकला राना गरी चार जना सदस्य निर्विरोध निर्वाचित भएका छन्।
यस्तै, सुर्खेत प्रदेशसभा निर्वाचन क्षेत्र–२(क) महिलातर्फ लक्ष्मीकुमारी शाही र प्रदेशसभा–२(ख) बाट एक महिला सदस्यमा चन्द्रकला बुढा गरी दुई महिला सदस्य एमाले कर्णाली प्रदेश कमिटीमा निर्विरोध निर्वाचित भएकी छन्।
दैलेख निर्वाचन क्षेत्र नम्बर–१ प्रदेशसभा (ख) एक जना महिला सदस्यमा तप्तकुमारी खड्का (थापा), दैलेख प्रदेशसभा–२९क० सर्वराज महतारा र डा। रमेशकुमार आचार्य गरी तीनजना प्रदेश कमिटी सदस्यमा निर्विरोध निर्वाचित भएका छन्।
रुकुमपश्चिम प्रदेशसभा (क)बाट दुई जना पुरुष सदस्यतर्फ कर्णबहादुर वली र गंगाराम चनारा, एक जना महिला सदस्यमा रचना मल्ल र प्रदेशसभा (ख) मा दुई जना पुरुषतर्फ गणेशकुमार वि.क र टंकप्रसाद वली निर्विरोध पाँच जना उम्मेदवार प्रदेश कमिटी सदस्यमा निर्वाचित भएका छन्।
यस्तै, सल्यान प्रदेशसभा (क)मा दुई जना पुरुष सदस्यतर्फ घनश्याम शर्मा र जीतबहादुर चलाउने, एक जना महिला सदस्यतर्फ आशा वली र प्रदेशसभा (ख)मा दुई जना पुरुषतर्फ घनश्याम शर्मा र वुद्धिबहादुर केसी र एक महिला सदस्यतर्फ सरिता हमाल गरी ६ जना निर्विरोध निर्वाचित भएका निर्वाचन कमिटीले जनाएको छ।
जाजरकोट प्रदेशसभा (क) भूगोलतर्फबाट एक जना महिला सदस्यमा ताराकुमारी विष्ट शाक्य निर्विरोध निर्वाचित भएकी छन्। यस्तै, जनजाति निर्वाचन क्लस्टर अन्तर्गत पाँच जना महिला सदस्यमा चन्द्राकुमारी थापा मगर र छप्साङ लामा निर्विरोध निर्वाचित भएकी छन्।
पाँच जना महिला सदस्य रहेको कोटामा दुई जना महिलाको मात्रै उम्मेदवारी परेको हो।
१ जना कोटा रहेको अल्पसंख्यकमा दैलखका पदमबहादुर माझी निर्विरोध प्रदेश कमिटी सदस्यमा चुनिएका छन्। प्रदेश लेखा समितीको उपाध्यक्षमा अमरबहादुर चन्द, दुई जना महिला सदस्यमा जाजरकोटकी कमला कुमारी शाी र रुकुमपश्चिमकी कृष्णाकुमारी मल्ल निर्विरोध निर्वाचित भएकी छन्।
लेखा समितीको खुला २ जना सदस्यमा एक जनाको मात्रै उम्मेदवारी परेको छ। जसमा रुकुमपश्चिमका मिजाश मल्लको उम्मेदवारी परेको हो। उनि पनि निर्विरोध लेखा समितीको सदस्यमा निर्वाचित भएका छन्।






