दिप प्रज्वलन गरि बडाखोलीमा पनि मनाइयो संविधान दिवस
दिलिप ढकाल
सुर्खेत ।
देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, संघसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाएका छन् ।
संविधान दिवसको अवसरमा गुर्भाकोट नगरपालिका वडा नम्बर ६ बडाखोलीमा पनि दिप प्रजोलन गरि संविधान दिवस मनाइएको छ।
स्थानिय बडाखोली बजारमा नेपालाको नक्सा बनाएर नक्सा भित्र नेपालको संबिधान २०७२ लेखि दिप प्रजोलन गरिएको हो।
६ नम्बर वडा कार्यालयको आयोजनामा दिप प्रजोलन गरिएको स्थानीय हेमन्त डिसीले जानकारी दिए।
दिप प्रज्वलन कार्यक्रममा वडा अध्यक्ष गोबिन्द वली,वडा सदस्य पुस्कर रेग्मी,स्थानीय समाजसेवी,बुद्दिजिबि, ब्यापारी,शिक्षक ,राजनीतिक दलका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ ।

