भेरीगंगाबाट अवैध सामान बरामद

सुर्खेत ।
भेरीगंगा नगरपालिका–५ बबई स्थित चेक पोईन्टमा खटिएको प्रहरीको टोलीले अवैध सामान बरामद गरेको छ ।

नेपालगञ्ज देखि जाजरकोट तर्फ जादै गरेको बा.२ ख. १४०० न. को. फोर्स गाडिलाई चेकजाँच गर्ने क्रममा बिल नभएको मालसामानहरु बरामद गरेको हो ।

बरामद हुने सामानमा कुर्ता सुरुवाल २३ पिस, अलादिन १० पिस, कुर्ती १५ पिस, धोती ८ पिस, पेटिकोट रेडिमेट १२ पिस, स्वल ६ पिस, पाइन्ट २ पिस, टिसर्ट १६ पिस, साडी ६ पिस र काँचो कपडा थानको ३ रोल बरामद गरिएको छ ।

बरामद गरिएको सामान इलाका प्रहरी कार्यालय छिन्चुमा राखिएको र गाडीलाई गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

भेरीगंगाबाट अवैध सामान बरामद

YUGAAWHAN NATIONAL DAILY (2080-05-17)

Leave a comment

Your email address will not be published. Required fields are marked *