सल्यानमा हजार दिने आमाहरुलाई पोषण सुधार सम्बन्धि अभिमुखीकरण

दिलिप ढकाल
सुर्खेत ।
सल्यानको कालिमाटी गाउँपालिका वडा नं ४ अन्तर आधारभुत स्वास्थ्य केन्द्र पिप्ले अन्तरगतका आमा समुहलाई पोषण सुधार सम्बन्धि अभिमुखिकरण गरिएको छ ।

गाउँपालिकाको आयोजना भएको उक्त अभिमुखिकरण कार्यक्रममा आधारभूत स्वास्थ्य सेवा केन्द्र पिप्ले अन्तर्गतका लालिगुरास स्वास्थ्य आमा समुहमा सुनौलो हजार दिने महिलाहरुलाई अभिमुखीकरण गरिएको स्वास्थ्य सेवा केन्द्र पिल्लेका प्रमुख प्रेम सुनारले जानकरी दिए । अभिमुखिकरणमा लालिगुरास स्वास्थ्य आमा समुहका २५ जना महिलाहरुको सहभागिता रहेको थियो ।

यस्तै वडा नं ४ का जनप्रतिनिधिले आर्थिक संकलन गरि नियमित रुपमा स्वास्थ्य संस्थामा गर्भ जाच गरेका उत्कृष्ट आमा रन्जिता वली र निमकली सिजाली, उत्कृष्ट आमा सरिता वली, दुई बर्ष मुनीका बच्चालाई २४ पटक गाउँ घर क्लिनिकमा बच्चाको तौल नाप गरेका उत्कृष्ट आमाहरु भिमसरी डाङ्गीं, हिमा वली, संगिता वलीसहित ६ जनालाई पोषण कोशेली प्रदान गरिएको थियो ।

सल्यानमा हजार दिने आमाहरुलाई पोषण सुधार सम्बन्धि अभिमुखीकरण

एमालेमा पूर्व माओवादीलाई सम्मानजनक भुमिका छ :

सल्यानमा हजार दिने आमाहरुलाई पोषण सुधार सम्बन्धि अभिमुखीकरण

कर्णालीका ३५ हजार नागरिक र ३ जिल्ला

Leave a comment

Your email address will not be published. Required fields are marked *