बैंकिङ्ग कसुरमा फरार प्रतिवादी पक्राउ

सुर्खेत । रुकुमपश्चिम र दैलेखबाट छुट्टा छुट्टै बैंकिङ्ग कसुरमा फरार रहेका दुई जना पक्राउ परेका छन् । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-४ गोतामकोट छोटे बगरका २८ वर्षिय हेमन्त बिष्टलाई ईलाका प्रहरी कार्यालय रूकुम पश्चिमले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गत माघ ४ गते बैंकिङ् कसुर मुद्दामा जारी गरेको पक्राउ पूर्जिका आधारमा सोमबार विष्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, बैंकिङ्ग कसुरकै मुद्दामा दैलेख प्रहरीले अर्का एक जनालाई पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा उच्च अदालत तुलसिपुरको पक्राउ पुर्जीका आधारमा सोमबार दैलेखको डुङ्गेश्वर गाउँपालिका-१ चुप्राका नरबहादुर पुन मगरलाई पक्राउ गरेको हो ।

बैंकिङ्ग कसुरमा फरार प्रतिवादी पक्राउ

टोकियोमा ‘रारा गोल्डकप’ समापन

बैंकिङ्ग कसुरमा फरार प्रतिवादी पक्राउ

YUGAAWHAN NATIONAL DAILY (2080-02-22)

Leave a comment

Your email address will not be published. Required fields are marked *