कर्णाली र सुदुरका दुर्गम जिल्लाबाट २११ जना सुत्केरीको हेलीबाट उद्धार

सुर्खेत । कर्णालीमा हालसम्म दुई सय ११ जना सुत्केरीको हेलिकप्टर मार्फत उद्दार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत कर्णालीका सुर्खेत बाहेकका नौं जिल्लाका दुर्गम क्षेत्रहरुमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको लागि निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

यस कार्यक्रम अन्र्तगत सुर्खेत स्थित नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वाटरले आर्थिक वर्ष ०७६/०७७ देखि चालू आर्थिक वर्षको चैतमसान्तसमम्म कणर्ालीका नौं, सुदुरपश्चिमका सात र लुम्बिनीका एक जिल्लाबाट हेलि मार्फत दुई सय ११ जना सुत्केरी महिलाको उद्दार गरी विभिन्न अस्पतालमा पुर्‍याएको छ ।

सेनाको पश्चिम एयर वेश सुर्खेतले उपलब्ध गराएको तथ्यांकमा आर्थिक वर्ष २०७६/०७७ मा कर्णाली र सुदुरपश्चिमका विभिन्न जिल्लाबाट ५१ जना सुत्केरी महिलाको उद्दार गरिएको छ । आर्थिक वर्ष २०७७/०७८ मा ३४, ०७८/०७९ मा ७८ र चालू आर्थिक वर्ष २०७९/०८० को चैत मसान्तसम्म ४८ जना सुत्केरीको हेलि मार्फत सेनाले उद्दार गरेको छ । जिल्लागत तथ्यांक हेर्ने हो भने सबैभन्दा धेरै डोल्पा जिल्लाबाट २७ र कालीकोटबाट २५ जना सुत्केरी महिलाका उद्दार गरिएको छ ।

कर्णालीका अन्य जिल्लाहरुमा जाजरकोटबाट २१, जुम्लाबाट एक, दैलेखबाट २०, मुगु ११, रुकुमपश्चिम १४, हुम्ला १९ र सल्यानबाट तीन जनाको उद्दार भएको छ । सुदुरपश्चिमका दुर्गम जिल्लाहरुमा सबैभन्दा धेरै अछामबाट १८ जनाको हेलिबाट उद्दार गरिएको सेनाले जनाएको छ । यस्तै सुदुरका डडेल्धुराका चार, डोटीका सात, दार्चुलाका नौं, बैतडीका एक, बाजुराका १५ र बझाङका १३ जना र लुम्बिनी प्रदेशको रुकुमपूर्वबाट एक जना सुत्केरी महिलाको हेलिकप्टरबाट उद्दार गरिएको उत्तर पश्चिम पृतना हे.क्वा. निमारे व्यारेक सुर्खेतकी मेजर रेनु शाहले जानकारी दिइन् ।

मेजर शाहका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ४९ जना सुत्केरीको हेलिकप्टरबाट उद्दार गरिएको छ । जसमा कर्णालीका ३०, सुदूरपश्चिमका १८ र लुम्बिनीका एक जना रहेका छन् । उद्दार गरिएकाहरुमा कर्णालीकाे डोल्पाबाट चार, मुगुबाट दुई, दैलेखबाट ६, हुम्लाबाट दुई, रुकुमपश्चिमबाट तीन जना रहेका छन् । यस्तै जुम्लाबाट एक, कालिकोटबाट तीन, जाजरकोटबाट पाँच जना सुत्केरीको उद्दार गरिएको छ । यस्तै सुदूपश्चिमको बैतडीका एक, डोटीका दुई, डडेल्धुराका एक, बाजुराका तीन दार्चुलाका चार र अछामका चार र लुम्बिनी प्रदेशको रुकुमपूर्वबाट एक जना महिलाको हवाई उद्दार गरिएको हो ।

आर्थिक वर्ष २०७५/७६ देखि दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्या सिर्जना भई ज्यान जोखिममा परेका महिलालाई हवाई उद्धार गरी तोकिएको अस्पतालमा पुर्‍याई गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्ने प्रयोजनका लागि निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन भएको थियो । हवाई उद्धार गरी सुविधा सम्पन्न अस्पतालसम्म ल्याइएकी ज्यान जोखिममा परेकी महिलाको सुत्केरी पोषण स्याहार तथा यातायात सहयोगका लागि एकमुष्ट बीस हजार नगद रकमसमेत उपलब्ध गराउने व्यवस्था रहेको छ । तर, सरकारी निवृतिभरण प्राप्त गर्ने व्यक्ति तथा सामाजिक सुरक्षा कोषमा आवद्ध कर्मचारीको हकमा भने यस्तो सुविधा लागु हुदैन ।

पोषण स्याहार तथा यातायात सहयोग रकम प्राप्त गरेका गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त हुने सोही बमोजिमको खर्च दोहोरो हुने गरी लिन नपाईने कार्यविधिमा उल्लेख गरिएको छ । उक्त रकम बैंक खातामा स्वयम सेवा लिने महिलाको खातामा जम्मा पठाउने गरिएको छ । यस कार्यक्रमले सुर्खेत बाहेक कर्णालीका ६ जिल्लामा पूणर्कालिन हवाई उद्दार हुने गरेको छ । ति जिल्लाहरुमा रुकुम पश्चिम, जाजरकोट, डोल्पा, कालिकोट, मुगु र हुम्ला रहेका छन् ।

यस्तै भौगोलिक रुपमा सुगम रहेका अर्थात सुविधासम्पन्न अस्पतालसँगको दुरी कम भएका जिल्लाका केही स्थानीय तह बाहेक अन्यमा पनि यो सुविधा उपलब्ध रहेको छ । जुम्लाको चन्दननाथ नगरपालिका बाहेकका सबै स्थानीय तह, सल्यानको कपुरकोट गाउँपालिका बाहेक सबै, दैलेखको गुराँस गाउँपालिका बाहेक सबै स्थानीय तहहरुमा आंसिकरुपमा उद्दार कार्यक्रम लागु भएका छन् ।

कर्णाली र सुदुरका दुर्गम जिल्लाबाट २११ जना सुत्केरीको हेलीबाट उद्धार

YUGAAWHAN NATIONAL DAILY (2080-01-09)

कर्णाली र सुदुरका दुर्गम जिल्लाबाट २११ जना सुत्केरीको हेलीबाट उद्धार

वन उपभोक्ता नगर महासंघमा एकलौटी गर्न खोजिएको

Leave a comment

Your email address will not be published. Required fields are marked *