वन उपभोक्ता नगर महासंघमा एकलौटी गर्न खोजिएको भन्दै विरोध

सुर्खेत । वन उपभोक्ता महासंघ वीरेन्द्रनगरको नगर अधिवेशनमा जिल्ला अध्यक्ष र केन्द्रीय सदस्यले एकलौटी गर्न खोजेको विरोधमा समानान्तर स्थानीय नगर वन महासंघ गठन गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र रहेका विभिन्न सामुदायिक वनका प्रतिनिधिहरुद्वारा हस्ताक्षरित विज्ञप्तीमा महासंघको विद्यानविपरित सदस्यता नविकरण दस्तुर प्रति वर्ष दुई सयका दरले पाँच वर्षमा एक हजार हुनुपर्नेमा एकलौटी निणर्यबाट एकै पटक पाँच हजार पुर्‍याइएको, स्थानीय महासंघलाई बन्द सत्र चलाउन नदिई केन्द्रीय सदस्यले हस्तक्षेप गरी आफै चलाएको विज्ञप्ती आरोप लगाइएको छ ।

यस्तै विद्यान विपरित नगर, जिल्ला र प्रदेश कमिटी गठन नभएको र अध्यक्ष पदका लागि शंकर अधिकारी र विमला थापा उम्मेदवार रहेकोमा निर्वाचन पक्रियामै नगई अधिकारीलाई एकलौटी निणर्यबाट अध्यक्ष बनाईएको विरोधमा समाानन्तर समिति गठन गरिएको विज्ञप्तीमा उल्लेख छ ।

विमला थापा अध्यक्ष रहेको समानान्तर समितिको उपाध्यक्षमा शेरबहादुर सिंह रहेका छन् । यस्तै सचिव शिवराज अधिकारी, कोषाध्यक्ष मानकुमारी आचार्य चयन हुँदा समितिको सदस्यहरुमा डिलबहादुर खड्का, टोपबहादुर खड्का, भिमसरा खत्री र गीता सुनार रहेका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *