प्रहरी जवान मृत फेला

सुर्खेत,११  फागुन ।

कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत एक जवान मृत भेटिएका छन् । बिहीबार बिहान करिब तीन बजेतिर प्रहरी जवान कवीन्द्र राम कामी गोली लागेको अवस्थामा मृत भेटिएका हुन् । प्रहरीका अनुसार को दायाँ कन्चटमा गोली लागेको छ ।

गणको ४ नम्बर प्रहरी पोस्टमा कामीको बिहीबार बिहान एक बजेदेखि तीन बजेसम्मको ड्युटी थियो । आफूले प्रयोग गरिरहेको एसएलआर बन्दुकले कन्चटमा गोली हानेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार दार्चुलाको अपि नगरपालिका–६ घर भई कालिकोटको सुकाटिया प्रहरी चौकीमा दरबन्दी भएका कामी केही महिनादेखि गणमा कार्यरत थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरी निरीक्षक मिलन पाण्डेको नेतृत्वमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

गाेरखापत्र 

प्रहरी जवान मृत फेला

कालिकोटमा ट्रक दुर्घटना :  दैलेखका एक जनाको

प्रहरी जवान मृत फेला

राष्ट्रपतिमा एमालेकै उम्मेदवारमा सर्वसम्मति जरूरी छ :

Leave a comment

Your email address will not be published. Required fields are marked *