ब्रेकिङ : फरार प्रहरी जवान मृत भेटिए, घटना रहस्यमय

सुर्खेत, ३० बैशाख ।
हतियारसहित फरार भएका प्रहरी जवान रहस्यमय मृत भेटिएका छन् । प्रहरी चौकी आग्रीगाउँमा ड्यूटिमा रहेका प्रहरी जवान नरेन्द्र खड्का हतियारसहित सोमबार राती फरार भएको भन्दै सोमबार रातीदेखि नै खोजी कार्य जारी राखिएको थियो ।  सिम्ता गाउँपालिका आग्रीगाउको देउली प्रहरी चौकीमाथी ऐसेलु घारीमा लास भेटिएकाे छ ।

एक थान पेस्तोल र सात राउण्ड गोलीसहित भागेका प्रहरी जवान खड्काको सोमबार राती देखिनै खोजी कार्यमा तिव्रता दिइएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेत, इलाका प्रहरी कार्यालय बादेपिपल राकमबाट खटिएको प्रहरी टोलीले मंगलबार आज विहान ९:०० बजे प्रहरी जवान खड्काको बेवारिसे अवस्थामा मृत लास भेटाएको छ ।

प्रहरी चौकीको पाँच सय मिटरको दुरीभित्र नजिकै कञ्चटमा गोली लागेको अवस्थामा प्रहरी जवानको मृत लास भेटिएपछि प्रहरी वृत्तमा समेत खैलाबैला मच्चिएको छ । पुख्यौलि घर सिम्ता भई हाल गुर्भाकोट नगरपालिका मेहलकुना निवासी प्रहरी जवान खड्काको हत्या वा आत्महत्या अनुसन्धान भैरहेको जनाइएको छ ।

कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी वसन्त कुमार पन्तले प्रहरी फरार जवानको खोजी कार्यमा खटिएको प्रहरी टोलीले नजिकै लास भेटाएको जानकारी दिएको बताउनुभयो । घटनाको अनुसन्धान भैरहेको डिआइजी पन्तले बताउनुभयो ।

तपाईको प्रतिक्रिया